सहारा क्लब पोखराले गरयो गोरखाको विद्यालय शिलान्यास

पोखरा , ०६ पौष –
सहारा क्लब पोखराको संयोजन, सहारा क्लव युके र अल्टरसट क्लव युकेको आर्थिक सहयोगमा निर्माण हुन लागेको भूकम्प प्रभावित क्षेत्र गोरखाको घैरुङ गाविस स्थित वडा नम्बर १ ज्यामिरश्वाँराको गणेश प्राथमिक विद्यालय भवनको शिलान्यास भएको छ ।

विद्यालय भवनको आईतबार आयोजित एक कार्यक्रमका बीच क्लवका अध्यक्ष विरभद्र आचार्य, बरिष्ठ उपाध्यक्ष तथा विद्यालय निर्माण समितिका संयोजक केशव थापा, क्लवका मानार्थ सदस्य प्रकाश शेरचन, सल्लाहकार परिषद्का संयोजक विक्रम थकाली लगाएतको टोलिले संयुक्त रुपमा शिलान्यास गरेको हो ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

sahara2

शिलान्यास सँगै पहिलो चरणमा निर्माण सामाग्री खरिदका लागि क्लवले ५ लाख रुपैयाँको चेक समेत विद्यालयलाई हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष बिरभद्र आचार्यले विद्यालयका प्रधानध्यापक गुन बहादुर थापालाई चेक हस्तान्तरण गरेका हुन् । विद्यालय भवनको शिलान्यास पछि बोल्दै अध्यक्ष आचार्यले दीर्घकालीन सोचका साथ सहयोगी भावनाबाट विद्यालय निर्माणमा जुट्न निर्माण समितिलाई आग्रह गरे । विद्यालय बनेर मात्र हुँदैन, शिक्षा पनि राम्रो दिनुपर्छ, आचार्यले भने–यसका लागि गाउँलेको एकता अधिक आबश्यकिय हुन्छ, त्यसमा जुट्नु जरुरी छ । भूकम्पबाट पुर्णरुपमा क्षतिग्रस्त बिद्यालयको भवन पुनःनिर्माण गर्नुपर्ने भएकाले सहारा क्लवले आफ्ना मातहतमा रहेका संघ संस्थासँग समन्वय गरेर रकम संकलन गरेको हो ।

यस विद्यालयको ५ कोठे भवन निर्माण गर्न क्लवले करिब २५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ । छिट्टै नै विद्यालय निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौ, विद्यालय निर्माण समितिका संयोजक केशव थापाले भने–यसका लागि आबश्यक पर्ने सबै रकम हामी खोज्न तयार छौं, विद्यालय गुणस्तरीय बन्नुपर्छ । विद्यालय भवन भत्किएपछि यहाँका विद्यार्थीहरु अहिले जस्तापाताको अस्थायी टहरमुनि बसेर पढिरहेका छन् । भूकम्पपीडित विद्यार्थीहरुको पीडामा मलम लगाउनका लागि सहयोग गर्न लागिएको थापाको भनाई छ । भवन निर्माण हुने भएपछि शिक्षक, विद्यार्थी तथा अभिभावकहरु समेत खुशी भएका छन् । भूकम्पका कारण हाम्रा विद्यालयहरु थलिएका थिए, विद्यालयका सल्लाहकार तथा स्थानीय दिलिपनारायण थापाले भने–सहाराको सहयोगले हामी निकै हर्षित छौं, अधिकतम जनश्रमदान जुटाएर काम फत्ते गर्छौं । विद्यालय निर्माणका लागि स्थानीय तहमा समेत निर्माण समिति गठन गरिएको छ भने अनुगमन समिति समेत गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button