पोखरा, ०९ पौष –
जाडो मौसममा चिसोबाट जोगिन लायन्स क्लब अफ पोखरा दर्पणले विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।
पोखरा—१९ घार्मी मैदानमा रहेको भूमेश्वर प्रा.वि.का ५५ जना बालबालिबालाई आज ‘‘जाडोका लागि ज्यानो’’ भन्ने सन्देश सहित स्वीटर वितरण गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा क्लब अध्यक्ष सन्जिवबहादुर थापा, इन्जिनियर सुरेन्द्र पाण्डे, लायन्स क्लब अफ अर्पणका अध्यक्ष लक्ष्मी पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार पौडेल र विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पौडेलले स्वीटर वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष थापाले लायन्स स्वयंसेवी संस्था भएको बताउँदै, ग्रामीण क्षेत्रका बालबालिकालाई केन्द्रित गरी अभियान थालिएको बताउनुभयो । व्यवस्थापन समितिका अध्यक्ष पौडेलले लायन्सले गरेको सहयोगको प्रशंसा गर्दै, विद्यालयले भोग्नुपरेका समस्याको बारेमा जानकारी गराउनुभएको थियो । प्रधानाध्यापक बैकुण्ठ पौडेलले गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रतिवद्ध रहेको बताउँदै, त्यसमा स्वयंसेवी संस्थाको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा क्लबका स्वास्थ्य संयोजक श्यामसुन्दर आचार्यले प्राथमिक स्वास्थ्य र चिसोमा हुने समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution