देसको स्वाधिनता र स्वतन्त्रताको लागि आजिवन लड्न तयार छौं – पहारी

  • पोखरा न्यूज
  • २०७२ पौष १०
देसको स्वाधिनता र स्वतन्त्रताको लागि आजिवन लड्न तयार छौं – पहारी

डोल्पा, १० पौष –

एमालेको युवा संवद् भातृ संस्था युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले देशको स्वाधिनता र स्वतन्त्रताको लागि बर्षैंसम्म आजीवन लड्न समेत आफुहरु तयार रहेको बताएका छन् ।

राष्ट्वादी आन्दोलनलाई नयाँ उचाई दिदै डोल्पाको सदरमुकाम दुनै पुगेका पहारीले एमालेका विभिन्न सात जनवग्रीय संगठनको संयुक्त सम्मेलनलाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् । आफ्नो निहित स्वार्थपूर्तिका लागि देशलाई बन्धक बनाउने र देशको अस्मितामाथि खेलवाड गर्नेहरुलाई आजीवन जेल हाल्नुपर्ने भन्दै उनले देशद्रोहीहरुलाई अव युवा संघले खोजीखोजी राज्यको जिम्मा लगाउने बताए । युवाहरु विनावर्दीका सिपाही हुन् हिँजो पूर्खाले रक्षा गरेको स्वतन्त्रता र सार्वाेभौमिकताको रक्षाको लागि युवा संघ देश दौडामा निस्कदा केही बिखण्डन वादीहरुले आफ्नो अस्तित्व धराप्मा पर्न खोजेको देखेर युवा संघलाई कार्वाही गर्न धम्मकी दिनु कायर र पराजीत मानसिकताको उपज भएको पहारीले भनेका छन् ।

देश र जनतालाई भड्खालोमा हाल्न खोज्न् जो कोहीलाई पनि कार्वाही गर्नु पर्ने आफ्नो अभिव्यक्तिलाई केही दलका नेताले अतिरञ्जित गर्दै युवा संघलाई मुख बन्द गर भन्नु हाँस्यास्पद भएको बताए ।

पहारीले हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मान्यतालाई थप मजबुत बनाउन युवा संघ देश दौडाहामा निस्कदा केही राष्ट्यि तत्वहरु र देशलाई सिकिमि करण गर्न चाहनेहरु तर्सिएको बताए । कालाबजारी र धोखाधडीहरु इमान्दार युवाहरुलाई सैय नहुने साथै त्यस्ता अविवेकी कुतत्वहरुलाई ठेगान लगाउन राज्यले जिम्मा दिएमा युवा संघ पछि नपर्ने बताए ।

युवा संघले भारतको नाकाबन्दीलाई अन्तराष्ट्यि करण गर्दा र जनताको हितको वकालत गर्दा केही कथित साम्प्रदायिकताको नारा दिनेहरु आफै तर्सनु उनीहरुको कायर मानसिकता बाहेक अरु केही होइन । शान्ति पूर्ण र भद्र आन्दोलन तथा बार्ताबाट आफ्नो माग पूरा गराउन लाग्नुको सट्टा भारतको अघोसित साथ र समर्थन खोज्दै साम्प्रदायिक सद्भाव भड्काउने कार्य राष्ट्प्रिेमी युवाहरुलाई सह्य नहुने, यसो गरीए संघ हातमा दही जमाएर नबस्ने उनको कथन थियो । आफुहरु कानुन हातमा लिएर होइन कानून लाई साथमा लिएर आम जनताको हितका खातिर सरकारलाई सहजीकरण गर्न तयार रहको पहारीले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस