देसको स्वाधिनता र स्वतन्त्रताको लागि आजिवन लड्न तयार छौं – पहारी

डोल्पा, १० पौष –

एमालेको युवा संवद् भातृ संस्था युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले देशको स्वाधिनता र स्वतन्त्रताको लागि बर्षैंसम्म आजीवन लड्न समेत आफुहरु तयार रहेको बताएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राष्ट्वादी आन्दोलनलाई नयाँ उचाई दिदै डोल्पाको सदरमुकाम दुनै पुगेका पहारीले एमालेका विभिन्न सात जनवग्रीय संगठनको संयुक्त सम्मेलनलाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् । आफ्नो निहित स्वार्थपूर्तिका लागि देशलाई बन्धक बनाउने र देशको अस्मितामाथि खेलवाड गर्नेहरुलाई आजीवन जेल हाल्नुपर्ने भन्दै उनले देशद्रोहीहरुलाई अव युवा संघले खोजीखोजी राज्यको जिम्मा लगाउने बताए । युवाहरु विनावर्दीका सिपाही हुन् हिँजो पूर्खाले रक्षा गरेको स्वतन्त्रता र सार्वाेभौमिकताको रक्षाको लागि युवा संघ देश दौडामा निस्कदा केही बिखण्डन वादीहरुले आफ्नो अस्तित्व धराप्मा पर्न खोजेको देखेर युवा संघलाई कार्वाही गर्न धम्मकी दिनु कायर र पराजीत मानसिकताको उपज भएको पहारीले भनेका छन् ।

देश र जनतालाई भड्खालोमा हाल्न खोज्न् जो कोहीलाई पनि कार्वाही गर्नु पर्ने आफ्नो अभिव्यक्तिलाई केही दलका नेताले अतिरञ्जित गर्दै युवा संघलाई मुख बन्द गर भन्नु हाँस्यास्पद भएको बताए ।

पहारीले हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मान्यतालाई थप मजबुत बनाउन युवा संघ देश दौडाहामा निस्कदा केही राष्ट्यि तत्वहरु र देशलाई सिकिमि करण गर्न चाहनेहरु तर्सिएको बताए । कालाबजारी र धोखाधडीहरु इमान्दार युवाहरुलाई सैय नहुने साथै त्यस्ता अविवेकी कुतत्वहरुलाई ठेगान लगाउन राज्यले जिम्मा दिएमा युवा संघ पछि नपर्ने बताए ।

युवा संघले भारतको नाकाबन्दीलाई अन्तराष्ट्यि करण गर्दा र जनताको हितको वकालत गर्दा केही कथित साम्प्रदायिकताको नारा दिनेहरु आफै तर्सनु उनीहरुको कायर मानसिकता बाहेक अरु केही होइन । शान्ति पूर्ण र भद्र आन्दोलन तथा बार्ताबाट आफ्नो माग पूरा गराउन लाग्नुको सट्टा भारतको अघोसित साथ र समर्थन खोज्दै साम्प्रदायिक सद्भाव भड्काउने कार्य राष्ट्प्रिेमी युवाहरुलाई सह्य नहुने, यसो गरीए संघ हातमा दही जमाएर नबस्ने उनको कथन थियो । आफुहरु कानुन हातमा लिएर होइन कानून लाई साथमा लिएर आम जनताको हितका खातिर सरकारलाई सहजीकरण गर्न तयार रहको पहारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button