पोखरा, १० पौष –
सडकमा पार्किङ गरेर राखिएको ट्याक्टरमा मोटरसाईकल ठोकिन पुग्दा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सिमपानीबाट बगर क्षेत्रमा आउदै गरेको ग ३ प ५०२९ नम्बरको मोटरसाईकल सडकमा पार्किङ गरेर राखेको ग १ त २२२२ नम्बरको ट्याक्टरमा ठोकिन पुग्दा मोटरसाईकलमा सवार पोखरा वाटुलेचौरका २३ बर्षीय विवेक खवास र वाटुलेचौरकै २५ बर्षीय शुसिल कार्कीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन।
रोकेको ट्याक्टर मुनि परेर सडकमा बजारीन पृुग्दा उनी घटनास्थलमै मृत्यु भएको बताईन्छ । उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुराईएको थियो । सडकमै पार्किङ गरेर राखिएको उक्त ट्याक्टर चालक रामबहादुर राई लाई कास्की प्रहरीेले सोधपुछ गरेको छ । सोधपुछ पछि आवश्यक काज पत्र भएका आधारमा ट्याक्टर चालक राईलाई छाडिएको प्रहरीले जनाएको छ ।
यसरी सडकमा पार्किङ गर्न पाईदैन भने यस्ता घटना हुनुलाई भवितव्य भएको कास्कीका प्रहरी प्रमुख हरी बहादुर पालले बताए । उनले भने “यस्ता घटनालाई हामीले भवितव्यको रुपमा लिन्छौं, यदी दुबै सवारी साधनहरु चलेको अबस्थामा दुर्घटना भएको अबस्थामा भने हामीले ट्राफिक नियम उल्लङघन गर्ने उपर कारवाही र क्षतिपुर्ति दिलाउछौं ।” माधक पदार्थ सेवान गरेर तिव्र गतिका कारणले गर्दा उक्त दुर्घटना हुन सक्ने प्रहरीले जनाएको छ ।
एक दिन अघि मात्र पोखराको फिर्केखोलामा वसको ठक्करले घाईते हुन पुगेका स्कुटर चालक २८ बर्षीय दुर्गाराम पराजुलीको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution