साङ्गीतिक अभियानको छैटौँ शृङ्खला भारतको दार्जिलिङमा हुने

पोखरा,  १० पौष –
पोखराबाट सञ्चालित साङ्गीतिक अभियानको छैटौँ शृङ्खला भारतको दार्जिलिङमा हुने भएको छ । सो कार्यक्रमका लागि पोखराबाट यात्राको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

आयोजक संंस्थात्रय अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी, त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक सङ्गीतकार नवराज बराल तथा जे. इ. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक गायक रामभक्त जोजिजूसहित टोलीमा गायक नरेश राई र पशुपति गुप्ता पनि सहभागी हुनुभएको छ ।

आइतबार दार्जिलिङको कर्साङमा हुने कार्यक्रममा स्थानीय १० भन्दा बढी गायक गायिकाको प्रस्तुती रहने स्थानीय आयोजक घैयाबारी डाँडा समूहले जनाएको छ । ६ महिनाअघि पोखराको बाराही मन्दिरबाट सुरु भएको यात्रा पोखराका विभिन्न ठाउँ र तनहुँको आँबुखैरेनीमा सम्पन्न भएको थियो । देशबाहिर भने यो नै पहिलो यात्रा हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button