धनगढी, १२ पौष –
युवा संघका केन्द्रिय अध्यक्ष राजिव पहारीले देशको अखण्डता र राष्ट्रियतामाथि धावा बोेलिरहेका कथित मधेश आन्दोलनका चार जना नाईकेलाई राजद्रोहको मुद्धा लगाउनु पर्ने बताएका छन ।
युवा संघ नेपाल कैलालीले आईतबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पहाडीले यस्तो बताएका हुन ।
नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त नयाँ संविधानलाई जलाउने , देशलाई भारतीय ईशारामा छिया छिया पार्ने र मधेशलाई भारतमा बिलय गराउने योजनाका साथ मधेशका नाममा उपेन्द्र यादव, राजेन्द्र महतों, महेन्द्र राय र महन्त ठाकुर लगायतका व्यक्तिलाई राज्यले कडा भन्दा कडा कानुन लगाएर जेल हाल्नु पर्ने बताएका छन ।
उनले —भने नेपाली जनताको कर , कुर्चि र जनताले दिएको आशनको दुरुपयोग गर्दे भारतीय ईशारामा नेपाल आमाको सत्तो सरा गर्ने अनि सिमा नाकामा बसेर नेपाली सुरक्षकर्मीहरुमाथीजाई लाग्ने कदापी नेपाली हुन नसक्ने बताएका छन ।
नेपाली जनताले प्राप्त गरेको नयाँ संविधान नेपाली जनतालेनै बनाएको अवस्थामा तरार्यमा जनलहर र जनविश्वास गुमेका केहि भारतीय दलाल नेताहरुले पुरानो सत्ता र कुर्चि फर्काउका लागि केवल सत्ता मोहमा मधेशी जनतालाई भ्रममा पारेर गरिरहेको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन । नयाँ संविधानले हिमाल, पहाड , तरार्य र मधेशका जनताका हक, अधिकारलाई सुरक्षित पारेको अवस्थामा त्यसको सहि कार्यान्वयनका लागि युवा संघ नेपालले तराई मधेश जागरण अभियान सञ्चालन गरेको पनि अध्यक्ष पहाडीको भनाई रहेको छ ।
तरार्यमा बिद्यमान दाईजो , बाल बिबाह, बोक्सी प्रथा देखि लिएर भ्रष्टाचार जस्ता बिद्यमान मुद्धाहरुको अन्तयका लागि पनि युवा संघ नेपालले आफनो अभियानलाई अघि बढाएको आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पहाडीले जानकारी दिएका छन ।
युवा संघ नेपालले नयाँ संविधानका अन्तरबस्तुहरुलाई तराई मधेशका जनतालाई जानकारी गराउने र रचनात्मक कार्यहरु मार्फत मधेशी जनतालाई राष्ट्रिय एकताको मालामा गाँसेर अघि बढ्ने योजनाका साथ लागि परेको पनि बताएका छन ।
जो जोले तरार्यका जनताको हित विपरित कार्यहरु गरेका छन् उनिहरु कदापी नेपाली हुन नसक्ने , भारतको ग्राम पञ्चायतमा चुनाव हारेका अनि नेपालमा संसद सदस्य समेत बनेर राष्ट्रियतामाथि धावा बोल्ने गलत व्यक्तिहरुका नागरिकतामाथि समेत छानविन गरेर कारवाहि अगाडी बढाउनुपर्ने माग युवा संघले सरकार समक्ष गरेको पनि पहाडीले बताएका छन ।
ु
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution