पोखरा, १३ पौष –
राष्ट्रपति विद्या भण्डारीमाथि जनकपुरमा भएको दुव्र्यवहारको पोखराका एकल महिलाले विरोध गरेका छन् । मानवअधिकारका लागि महिला एकल महिला समुह वडा समिति पोखरा—१६ ले आज घटनाको विरोध गर्दै बाटुलेचौरमा प्रदर्शन गरेका हुन् ।
त्यस क्षेत्रका एकल महिलाहरु सहभागी कार्यक्रममा बोल्दै एकल महिला समुह कास्कीका अध्यक्ष प्रमिला तझ्याले राष्ट्रपति माथि भएको अपमान र दुव्र्यवहार सिङ्गो महिला माथि भएको बताउँदै, घटनामा संलग्नलाई कारवाही गर्न माग गर्नुभएको छ । उहाँले महिला अधिकारका विषयमा कानुनी अवधारणा बनिरहेकै बेला, यस्ता घटना हुनुले समाजमा अझै पनि शोषण र उत्पीडिन बाँकी रहेको दाबी गर्नुभयो ।
वडा समितिका अध्यक्ष मिठु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विन्धवासिनी उच्च मा.वि.का प्राचार्य खिमलाल अधिकारी, एकल महिला पद्मा अधिकारी लगायतले घटना अशोभनिय भएको बताउँदै, महिला अधिकारका विषयमा सबै जागरुक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी एकल महिलाले घटनामा संलग्नलाई कारवाही गर्न सरकार र राष्ट्रिय महिला आयोगलाई दबाब दिनुपर्ने बताएका थिए ।
राष्ट्रपति भण्डारी माथि पुस १ गते विवाह पञ्चमीका दिन जानकी मन्दिरमा आक्रमणको प्रयास गरिएको थियो । त्यसको २ दिन पछि विधवा मन्दिर प्रवेश गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले गङ्गाजल छर्केर चोख्याएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution