पोखरा सडक महोत्सवको मुख्य दिन आज हर्स उल्लाहासका साथ मनाईदै

  • पोखरा न्यूज
  • २०७२ पौष १६
Post Thumbnail

पोखरा, १६ पौष –

अगेेंजी नयाँ बर्ष आज राति १२ बजे देखि सुरु हुदैछ, यो अवसरमा अगेंजी नयाँ बर्षको स्वागतमा पोखरेलीको साथमा आन्तरीक तथा बाह्यि पर्यटकहरु पोखराको लेकसाईडमा जारी सडक महोत्सवमा गएर मनाउदैछन । पोखरा क्ष्ोत्रका होटल तथा रेष्टुरेण्ट व्यावसायीहरुले भने आगन्तुक पाहुनाहरुको स्वागतको लागि लेकसाइडको सडक पेटीमा कुर्सी टेवल राखेर बिभिन्न खानाका परिकारको साथमा मनोरन्जन दिदैछन ।

सडक महोत्सवमा विभिन्न परिकारको साथमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित विभिन्न कालाकारहरुले महोत्सवमा सहभागिहरुलाई मनोरन्जन दिदैछन । असहज परिस्थितीका बाबजुत पनि आफुहरुले आगन्तुक पाहुनाहरुलाई हासि खुसिका साथ सेवा दिदै आएको महोत्सव संयोजक दोर्जे लामाले बताए । पोखरा सडक महोत्सबका सांस्कृतिक संयोजक चौबहादुर गुरुङका अनुसार आज तामाङको सेलो , ठाडोपसलको लाखे नृत्य, तिव्वतियन क्याम्पको याक डान्स, मगर जातिको कौडा नृत्य, गुरुङ जातिको छ्याडु नृत्य लेकसाईडको करीब साँढे ३ किलोमिटर क्षेत्रमा प्रस्तुतःहुदै छ ।

दोहोरी संयोजक भिमसेन भुजेलका अनुसार आज विहिबार राष्ट्रिय गायक पशुपति शर्मा, सम्झना लामिछाने मगर, हाँस्यकलाकार जितु नेपाल (मुन्द्रे), शिवहरी पौडेल लगायतका कलाकारहरुको प्रस्तुती रहने भएको छ । प्रजापति पराजुलीको संचालन हुने कार्यक्रममा स्थानीय कलाकारह्ररुको समेत प्रस्तुती हुने भएको छ । ईभेन्ट म्यानेजमेन्ट संयोजक श्रीराम गिरीका अनुसार वसुन्धरापार्कमा विहिबार दार्जलीङबाट आएका विपुल क्षेत्री, नेपालका चर्चीत व्याण्ड अनुप्रस्ता, मङकी ट्याम्पल सहित स्थानीय व्याण्डकोे प्रस्तुती रहने भएको गिरीले जनाए ।

खेल संयोजक हरी भुजेलका अनुसार आज गौरीघाटमा रस्साकसी प्रतियोगिताको सेमिफाईनल र फाईनल खेल हुने भएको छ । रत्नश्री जिम ए र रत्नश्री जिम बी, गौरीघाँट क्लव र लेक ब्रिज सेमिफाईनलमा प्रबेस गरेका छन । विजेतालाई १० हजार उपविजेतालाई ७ र तेश्रो स्थानहासिलगर्नेलाई ५ हजार प्रदान गरीने भएको छ । अग्रेंजी नयाँ बर्षको अवसर आन्तरीक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना भएको महोत्सवमा मनोरन्जनात्मक वाल उद्यान समेत रहेको छ । विसम परिस्थितीका बावजुत पनि आयोजना भएको सडक महोत्सवलाई सफल पार्न महोत्सव संयोजक दोर्जे लामाले सवैमाआग्रह गरेका छन । “सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ” भन्ने नारा सहित आयोजना भएका सडक महोत्सवमा आज विहान देखि चहलपहल सुरु भएको छ । उक्त महोत्सवमा सहभागि हुने पोखरेलीहरुको लागि पोखरा वस व्यावसायी समितिले रात्रिकालिन सेवा दिदै आएको छ । यसै क्रममा आज राति १ बजेसम्म पोखरा माईक्रोवसले सेवा दिने भएको समितिका अध्यक्ष रमेश गिरीले बताए । दिवा सेवाकै भाडामा बृद्धि नगर्ने गरी सेवा दिने भएको उनले बताए ।

यसैविच यस अघिका बर्षमा अगेंजी नयाँ बर्षको अवसरमा वसुन्धरापार्कमा आतासवाजी हुदै आएको थियो भने यस बर्ष कास्की प्रशासनले गर्न नदिने जनाएको छ । महोत्सवमा लाखौं दर्शकहरु आज सहभागि हुने भएकोले सुरक्षाको राम्रो व्याबस्था मिलाएको कास्की प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस