विग आईकनको चौथो चरणको अडिसनमा २३ जनाले पाए कार्ड

पोखरा, १८ पौष –

छैठौँ सँस्करणको विग आईकन अन्तरगत शनिबारदेखि चौथो चरणको अडिसन शुरु भएको छ । शनिबार भएको चौथो चरणको पहिलो दिनको अडिसनमा २३ जना प्रतिस्पर्धीहरुले पाँचौ चरणको लागि कार्ड प्राप्त गरे । चौथो चरणको अडिसनको पहिलो दिन ३१ जना प्रतिस्पर्धीहरुले अडिसनमा सहभागिता जनाएका थिए ।

एफएमले दिएको जानकारी अनुसार चौथो चरणको अडिसनका लागि ६२ जना प्रतियोगीहरु छन् । बाँकी प्रतियोगीहरुले आईतबार अडिसन दिने एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले
जानकारी दिए । विग आईकनको यो सिजनमा ४२ जिल्लाका कुल ९ सय ३ जनाले सहभागिता जनाएका थिए ।

शनिबार भएको चौथो चरणको अडिसनमा श्यामसुङ तामाङ र सुनील थापा निर्णायक रहेका थिए । ‘अबका चरणमा सामान्य गल्तीहरुलाई पनि हामीले माफि नदिई अगाडि बढ्नेछौँ ।’ निर्णायकहरुले भनेका छन्–‘त्यसैले सम्पूर्ण प्रतिस्पर्धीहरुलाई पुरै तयारी गरेर मात्र आउन हामी आग्रह गर्दछाँै ।’ विग आईकनको यो सिजन अन्तरगत कुल १९ वटा चरणको अडिसन हुनेछ । यो पटक यी दुई निर्णायकसँगै गायकहरु कर्णदास, विवेक श्रेष्ठ र विनोद बाँनिया पनि निर्णायक रहेका छन् ।

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button