साथी नेपालको १३ औं साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ पौष १८
Post Thumbnail

पोखरा, १८ पौष –

साथी नेपालको शनिबार आयोजित १३ औं साधारणसभा तथा छैटौं अधिवेशनले बिनकुमारी गुरुङको अध्यक्षतामा सर्वसम्मत सात सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

संस्थाको उपाध्यक्षमा लिलाबहादुर गुरुङ, सचिवमा दीलिप गुरुङ, कोषध्यक्षमा मैयाँ गुरुङ र सदस्यहरूमा रमेश खड्का, निमबहादुर मगर र प्रमिला तझ्या छन्। संस्थाका पूर्व अध्यक्ष राजेन्द्रकुमार बस्नेतको अध्यक्षता र सदस्यहरू गोविन्दराज पहारी र रामचन्द्र शर्मा रहेको निर्वाचन मण्डलले सर्वसम्मत कार्यसमिति चयन गरेको हो।

यसअघि, आयोजित साधारणसभालाई सम्बोधन गर्दै कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले विभिन्न समस्या र चुनौतीका कारण शिक्षा क्षेत्रमा अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको बताए। उनले कास्कीमा अझै छ–सात सय विद्यार्थी विद्यालयबाहिर रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सुवेदीले सबै मिलेर राज्यलाई बलियो बनाउनु पर्ने उल्लेख गरे।

संस्थाका संस्थापक अध्यक्ष गोविन्दराज पहारीले निजी क्षेत्र, गैरसरकारी संस्था र सरकारी निकायबीचको उचित समन्वयले मात्र विकास, निर्माण सहजरुपमा अगाडि बढ्न सक्ने बताए। उनले गैरसरकारी संस्थालाई आरोप लगाउनुभन्दा अनुगमन गरी सत्य पत्ता लगाउन आग्रह गरे। पहारीले भने–‘अनुगमन गनुस्, खराव भए दण्ड र असल भए पुरस्कृत गर्नाेस्।’

बाल संरक्षण अधिकृत विन्दुकला भण्डारीले यो वर्ष सरकारले सडक बालबालिकाको क्षेत्रमा विशेष योजना ल्याएको जानकारी दिँदै कास्कीमा पनि योजना सञ्चालन हुने तयारी भएको जानकारी दिइन्।

कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष सरिता थापामगर, संस्थाका पूर्व अध्यक्ष राजेन्द्रबहादुर बस्नेत, संस्थापक सचिव रामचन्द्र शर्मा, संस्थापक सदस्य जगतबहादुर पहारी, अभिभावक सुमित्रा नेपाली र विद्यार्थी विक्रम नेपालीले शुभकामना मन्तव्य राखेका थिए। साधारणसभामा संस्थाका कोषाध्यक्ष दीलिप गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाका अध्क्ष बिनकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य माया गुरुङ र सञ्चालन सामाजिक कार्यकर्ता दानबहादुर भुजेलले गरेका थिए। संस्थाले अहिले एक हजार आठ सय विद्यार्थीलाई छात्रवृत्ति वा अन्य प्रकारले सहयोग गरिरहेको संस्थाका कार्यकारी संयोजक लक्ष्मी कुवँरले जानकारी दिइन्।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस