पर्यटकलाई धान्न सकेन पोखराले

  • पोखरा न्यूज
  • २०७२ पौष १९
Post Thumbnail

पोखरा १९, पुष-

सडक महोत्सव मनाउन ५ जना साथीहरुको साथमा लेकसाईड पुगेकी यशोधा वानियाले विहिबार राति लेकसाइड क्षेत्रमा वास वस्नाको लागि कुनै कोठा पाउन सकिनन । उनी परिवार सहित अन्य साथीहरुसंग अगेंजी नयाँ बर्ष मनाउन सडक महोत्सव गए पछि महोत्सवमा रमाउदा रमाउदै राति १२ बजे पछि सो क्षेत्रमा रुम खोज्दा नपाए पछि पोखराको पृथ्बीचोकमा रुम खोज्दा समेत नपाएको उनले गुनासो गरीन । वानिया जस्ता धेरै आन्तरीक पर्यटकहरुले यस्तै रुम नपाउदा सास्ती भोग्नु पर्यो ।

पोखराको जाल्पारोडमा रहेको होटल नमस्ते पोखराका संचालक कल्याण बराल पनि पालीको सडक महोत्सवले निकै फाईदा पुग्यो । अन्य दिनमा ५ सय देखि एक हजार सम्म पर्ने रुमलाई एक हजार देखि १५ सय सम्म मात्र उनले शुःल्क लिएनन आएका पाहुनाहरुलाई आफ्नो कार्यालय, किचन, स्टार्फ रुम हुदै घरमा समेत लगेर राखेको होटल संचालक कल्याण बरालले बताए । सडक महोत्सवको दोश्रो दिनसम्म ५० प्रतिशत पनि होटलहरुको अकुपेन्सी पुरा नभएको अबस्थामा अगेेंजी नयाँ बर्षको राति एकै दिनको लागि पोखरा क्षेत्रमा होटलमा वस्न चाहेका आन्तरीक केहि पर्यटकहरुले भने पर्यटक स्तरीय होटल मात्र नभई पोखरा क्षेत्रका अन्य ठाँउहरुमा समेत रुम नपाएको गुनासो गरेका थिए । एकै दिनमा आउने पर्यटकहरुलाई धेरै होटल व्यावसायीहरुले छुटको त के कुरा दोब्बरसम्म कोठाको शुल्कः लिएका थिए । यस बर्षको सुरुवातमै भूकम्पको मार खेपेका त्यस लगतै मधेष आन्दोलन र भारतले नेपाल माथि गरेको  नाकाबन्दीको मारमा परेका पर्यटन व्यवसायीहरु एकै दिनमा लेकसाईड क्षेत्रमा  अकल्पिनिय रुपमाआन्तरीक पर्यटकहरु आए पछि उनीहरुलाई व्याबस्थापन गर्न नसकेका हुन ।

आन्तरीक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना भएको सडक महोत्सवको मुख्य दिन विहिबार एकै दिनमा एक लाख भन्दा बढी पर्यटकहरु महोत्सवमा सहभागि भएको रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराईले बताए । उक्त महोत्समा अगेेंजी नयाँ बर्षको स्वागतमा पोखरा, पोखरा आसपासका तथा अन्य क्षेत्रबाट महोत्सवमा विहिबार एक लाख भन्दा बढी पर्यटकहरु भित्रिदा यहाँ आएका पाहुनालाई रुम, खानाको समेत समस्या परेको पर्यटकहरुले गुनासो गरे ।

पोखरा  क्षेत्रका होटल तथा रेष्टुरेण्ट व्यावसायीहरुले भने आगन्तुक पाहुनाहरुको स्वागतको लागि लेकसाइडको सडक पेटीमा कुर्सी टेवल राखेर बिभिन्न खानाका परिकारको साथमा मनोरन्जन दिएका थिए । ५ दिने सडक महोत्सव सुक्रबार सम्पन्न भएको छ ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीका अनुसार स्थानीयहरुको बाक्लो उपस्थितीको कारणले गर्दा विहिबार एक दिनको लागि ९० प्रतिशतभन्दा बढी होटलहरुको अकुपेन्सी भएको थियो । पोखरा क्षेत्रबाहिरबाट आउने कमपर्यटकहरु भएको कारणले गर्दा सुक्रबार पोखरा क्षेत्रको होटलको अकुपेन्सी ५० प्रतिशतमा झरेको दाबी गरे । संघले विमस परिस्थितीमा आयोजना भएको सडक महोत्सवमा ३० प्रतिशत होटलको रुपमा छुट दिने घोषणा गरे पनि एक दिनको रुम लिदा दोब्बर जसो मुल्य तिरेको केहि आन्तरीक पर्यटकहरुले गुनासो गरेको आजको कारोबार दैनिक मा खबर छ  ।

“सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ” भन्ने नारा सहित आयोजना भएको सडक महोत्सवमा सवैको साथ र सहयोगले सफल भएको भन्दै महोत्सव संयोजक दोर्जे लामाले धन्ययवाद ज्ञापन गरेका छन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस