समता कला कार्यशालाको ५० औं शृङ्खला सम्पन्न

पोखरा, १९ पौष - 

पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ५० औं शृङ्खला सिर्जनात्मक कला निर्माण गरि शनिबार पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा सम्पन्न भयो ।

सिर्जनात्मक कला निर्माण पछि सभानायक वरिष्ठ कलाकार गोपाल श्रेष्ठले कलाको विकासको लागि अरुको भर परेर होइन आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनु पर्छ भने । उनले कला कार्यशालामा निर्माण गरिएका चित्रलाई प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससँग कला पुरयाउन आग्रह गरे ।

संस्थाका सल्लाहकार तथा वरिष्ठ कलाकार बुद्धि गुरुङले २०४२ सालदेखि पोखरेली कलाकारहरु गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेकाले नै आज कलामा पोखरालाई पानी रङको सहरका रुपमा चिनिएको हो भने । समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिंदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाउने बताए ।

कला कार्यशालमामा वरिष्ठ कलाकार गोपाल श्रेष्ठ, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, लोकप्रसाद गुरुङ, मिलन शेरचन, ज्योति गुरुङ, हेमकान्ति गुरुङ, गोपाल दराई, अलिता गुरुङ, मिना गुरुङ लगायतका कलाकारले पानी रङ, होनानो ओसिआना र एक्रेलिक माध्यमको प्रयोग गरि सिर्जनात्कमक कला निर्माण गरेका थिए ।

परिवारका अध्यक्ष सुरेश रानाभाटको सभापतित्वमामा सम्पन्न उक्त कला कार्यशालाको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए भने स्वागत र धन्यवाद ज्ञापन कला संयोजक मिलन शेरचनले गरेकी थिइन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button