सदावहार युवा क्लवद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा, १९ पौष –

सदावहार युवा क्लव पोखरा २३ निर्मलपोखरीको आयोजनामा निर्मलपोखरीस्थित जनजागृति नि.मा.वि.को प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शिविरमा २०० जना विरामीको उपचार गरिएको थियो । उक्त अवसरमा उच्च रक्तचाप, मधुमेह, पाइल्स, हाड जोर्नी तथा नसा सम्बन्धी रोगहरुको उपचार गरिएको थियो ।

शिविरमा स्पर्श आयुर्वेदिक अस्पताल पोखरा ८ न्यूरोड आदर्शचोक र सदिक्षा बचत तथा ऋण सहकारी संस्था लि.पोखरा ८ नयाँबजारको सहयोग रहेको थियो ।

शिविरमा स्पर्श आयुर्वेदिक हस्पतालजका आयुर्वेदिक फिजिसियन डा.सुवर्ण पौडेल, फिजियोथेरापी डा.रमेश बराल, सिएमए रविना क्षेत्री, ल्याव टेक्नोलोजिष्ट देव चौधरी, एमआर कृष्ण बहादुर खड्का लगायतले प्राविधिक सेवा प्रदान गरेका थिए ।

उक्त अवसरमा स्पर्श आयुर्वेदिक अस्पतालका अध्यक्ष कुशुम केशव पराजुली, सुदीक्षा बचत तथा ऋण सहकारीका सचिव भरत सुवेदी, कोषाध्यक्ष बामदेव सुवेदी, सदावहार युवा क्लवका संस्थापक अध्यक्ष सोमनाथ भण्डारी, सदस्यहरु यत्रप्रसाद पराजुली, छविलाल पौडेल, कृष्ण प्रसाद पौडेल, लेकमाया अधिकारी, पोखरा २३

निर्मलपोखरीका वडा सचिव मुक्तिनाथ पोखरेल, साना किसान सहकारीका अध्यक्ष नारायणदत्त अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सदावहार युवा क्लवका अध्यक्ष रोशन भट्टराईको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संचालन सचिव भरत भट्टराईले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button