पोखरा, १९ पौष –
पोखराको धार्मिक एवं पौराणिक महत्व वोकेको साँस्कृतिक धरोहर बाह्र भैरब नाच आउँदो माघ ७ गतेदेखी प्रदर्शन गरिने भएको छ । ६-६ वर्षमा प्रदर्शन गरिदै आएको बाह्र भैरब नृत्य यस वर्ष माघ ७ गते भीमसेन मन्दिर, ८ गते गणेश मन्दिर, ९ गते सरस्वती मन्दिर, १० गते विन्ध्यवासिनी मन्दिर, ११ गते भैरबटोल स्थित गणेश मन्दिर पछि हालै नयाँ पदस्थापित हुनुभएका गुरुको सम्मानमा १२ गते तेर्सापट्टि स्थित गुरु कृष्णबहादुरको घर प्रांगणमा प्रदर्शन गरिने प्रचारप्रसार समितिका संयोजक अष्टमान प्रधानाङ्गले जानकारी दिनुभयो । नाच हरेक दिन बेलुकी ७ बजेबाट शुरु हुनेछ ।
गुरुको नृत्य प्रदर्शनपछि सर्वसाधारणको बोलावटमा प्रदर्शन शुरु हुने उहाँले बताउनुभयो । नाच प्रदर्शनका लागि मंसिर १७ गतेबाट पुष १८ गतेसम्म अभ्यास गरिएको थियो ।
उक्त नृत्य प्रदर्शनको लागि भैरब साँस्कृतिक संरक्षण समितिका उपाध्यक्ष तीर्थमान प्रधानांगको संयोजकत्वमा १५ वटा उपसमिति गठन गरि कार्यारम्भ गरिएको छ ।
उक्त नृत्य प्रदर्शन पछि देशमा रहेको अनिष्ट सवै हट्दै जाने ठुलो विश्वास गरिन्छ । सहकालका देवताको रुपमा पुजिने बाह्र भैरबको नृत्य प्रदर्शनले अनिकाल, बाढि पहिरो भुक्षय अग्निकाण्ड साथै मानव मात्रका दुख र भय हरण गरि शान्तिका साथ वाच्ने वातावरण भगवान भैरबले प्रदान गरिदिन्छ भन्ने जनविश्वास रहि आएको पाइन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution