काठमाण्डौं पछि पोखरामा सुन चोर्ने योजना बनाएका विधार्थी पक्राउ

  • पोखरा न्यूज
  • २०७२ पौष २३
Post Thumbnail

पोखरा, २३ पौष –

काठमाण्डौमा ठुलो परिमाणको सुन चाँदी चोरी गरी पोखरा फर्किएका गरेका एक विधार्थी प्रहरीको फन्दामा परेका छन । काठमाडौंको न्यूरोडस्थित लक्ष्मी सुनचाँदी पसलबाट गत पुुस १२ गते सुन, चाँदी सहितका सामानहरु चोरेर फरार रहेका म्याग्दीको रुम गाविस वडा नम्बर तीन घरभई पोखराको राष्ट्रिय उच्च मावि टुडिखेलमा कक्षा १२ मा अध्ययनरत २० वर्षिय चिरञ्जिवी पूनलाई कास्की प्रहरीले बुधबार पृथ्वीचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंको लक्ष्मी सुनचाँदी पसलबाट चोरी गरेका गरगहना झोलामा लिएर हिडिरहेको अवस्थामा सादा पोशाकका प्रहरीले चिरञ्जिवीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी, हरिबहादुर पालले बताए । पक्राउ परेका पुनको साथबाट ९३ तोला सुन, ५७ तोला चाँदी र एउटा ल्यापटप भेटिएको सुनचाँदी पसल चोरीमा पुनसँगै सम्लग्न रहेका अन्य दुई जनालाई उनकै सूचनाको आधारमा काठमाडौंमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा म्याग्दीको रुम गाविस तीनका दिलिप भनिने दिलबहादुर पून र नुवाकोटको महाकाली गाविस ९ का उमेश तामाङ रहेका छन् ।

प्रहरीलाई पूनले दिएको वयान अनुसार उनीहरुले सुनचाँदी पसलका साहुको घर पत्ता लगाएर पसलको चावी, नगद ३८ हजार र गाडीको साँचो चोरेपछि सटर खोलेर गरगहना चोरेका हुन । चोरी गरे पछि पहिलाकै बाटो हुदै विर हस्पताला आई चिया पियर बिहान ट्याक्सी चढी नयाँ वसपार्क गई ७ बजे नै पोखरा आउने गाडीमा पोखरा आएको अनुसन्धानबाट खुलेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाण्डौमा चोरी गरेका सुनचाँदी बेची सके पछि पोखरामा पनि चोरी गर्ने भनी पोखरा ९ न्युरोडमा रहेको कामना ज्वेलर्स र न्यु बेगनास ताल सुनचाँदी पसल र सागर ज्वलर्समा चोर्ने योजना बनाउदै थिए । पसलबाट चोरी भएको सबै सुनचाँदी फेला परेनपरेको बारेमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ । कास्की प्रहरीले बिहिबार नै चिरञ्जिवीलाई चोरी मुद्धामा कारवाही अगाडि बढाउन काठमाडौ पठाएको छ । स्मरण रहोस पोखरामा पनि केहि बर्ष अघि एक किलो भन्दा बढी सुन चोरी भए पनि हालसम्म पत्ता लगाउन सकिएको छैन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस