भाट समाज भवनलाई ७ लाख हस्तान्तरण

पोखरा, २३ पौष –

लेखनाथ नगरपालिका वडा न ५, कालिकाचोकमा निर्माणाधीन भवनको सहयोगार्थ बिहीबार एक कार्यक्रमको आयोजना गरि सात लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा भाट समाज नेपाल पश्चिमान्चल क्षेत्रीय समितिका अध्यक्ष तोयबहादुर भट्टराई भाटले लेखनाथ इकाईका अध्यक्ष मिमबहादुर कनियाल भाटलाई र इकाई अध्यक्ष मिमबहादुर कनियालभाटले भवन निर्माण समितिका संयोजक ठाकुरप्रसाद रानाभाटलाई हस्तान्तरण गरेका थिए ।

अध्यक्ष तोयबहादुर भट्टराईभाटले आफुले बोलेको सहयोग एक लाख रुपैयाको चेक निर्माण समितीका अध्यक्ष ठाकुरप्रसाद रानाभाटलाई प्रदान गरेका थिए । सो अबसरमा हालसम्म ५० लाखभन्दा बढी रकम संकलन भएको जानकारी भवन निर्माण समिति संयोजक ठाकुर प्रसाद रानाभाटले बताए ।

कार्यक्रममा उपस्थित भै लेखनाथ ५ पन्धेरामाथी निवासी युवराज रानाभाट (राम्जी)ले एक लाख, बिजयपुर निवासी मानबहादुर राजभाटले एक लाख आर्थिक सहयोग गर्ने वचन दिएका थिए ।

कार्यक्रममा भाट समाज नेपाल केन्द्रिय महासचिव देबेन्द्र रानाभाट, सदस्य राजेन्द्रकुमार रानाभाट, क्षेत्रीय सल्लाहकार चन्द्रबहादुर रानाभाट, कास्की जिल्ला अध्यक्ष रमेशबहादुर रानाभाट, समाजसेवी कोपिला रानाभाट, जग्गादाता ओमबहादुर बञ्जाराभाट, क्षत्रीय समितिका कार्यबाहक सचीव असफल गौतम रानाभाट, कोषाध्यक्ष कृष्ण रानाभाट, सदस्य चम्फा रानाभाट लगाएतले बोलेका थिए ।

भवन निर्माण समितिका संयोजक ठाकुरप्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सदस्य शिबबहादुर रानाभाट र संचालन सचिव कृष्ण भाटले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button