पोखरा, २६ पौष –
स्थानीय समुदायलाइ सचेत पार्दै जिम्मेवार निकायलाइ जवाफदेही बनाउन बाल चेतना समुहका पदाधीकारीहरुलाइ दिइएको दुइदिने तालीम पोखरामा सम्पन्न भएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराद्वारा सञ्चालीत स्थानीय समुदायलाइ सचेत पार्दै जनसारोकारका निकायहरुलाइ जवाफदेही बनाउने (ELP)कार्यक्रम अन्तर्गत, परियोजना सञ्चालन भएका देउराली, हंसपुर र रुपाकोट गाबिसका दुइ दुइ बिद्यालयबाट बाल चेतना समुहका पदाधीकारी तथा बाल चेतना समुहका संरक्षक शिक्षकहरुको सहभागीता रहेको उक्त तालीममा २२ जना सहभागी थिए ।
दुइदिनसम्म सञ्चालन भएको उक्त तालीमको समापनका अवसरमा इन्सेक क्षेत्रिय संयोजक शिब खकुरेलले बाल अधिकारको प्रत्याभुती गराउन सकेमा समाज विकासको गतीलाइ पनि अगाडी बढाउन सहयोग पुग्ने बताउदै तालीममा सहभागीहरुलाइ दुइ दिनसम्म तालीममा सिकेका कुराहरुलाइ आफनो घर गाँउ र टोलमा लागु गराउन सहभागीहरुले महत्वपुर्ण भुमीका खेल्नेमा आफु बिश्वस्त रहेको बताए । सुो अवसरमा बिश्वज्योती उमाबिका शिक्षक सर्बरी पौडेल, तथा सहभागी बाल केतना समुहका तर्फबाट रेश्मा गुरुङ, सिमा थापा, सनम भुजेलले आफुले सिकेका कुराहरुलाइ आजैदेखी आफनो स्कुल तथा गाउमा गएर काम गर्ने बताउदै आयोजक सस्था इन्सेकप्रती धन्यबाद ज्ञापन गरेका थिए । इन्सेक क्षत्रिय संयोजक शिब खकुरेल , सिबिनका कार्यक्र प्रमुख प्रेम सेनमेन ,पत्रकार दिपेन्द्र श्रेष्ठ,इन्सेकका टंक खनाल,बिष्णु अधिकारी लगायतले तालीममा सहजीकरण गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution