विनोद वानियाको तेश्रो एल्वम प्रोफाईल लोकापर्ण

पोखरा, २७ पौष –

युवा गायक विनोद वानियाको तेश्रो एल्वम प्रोफाईलको सोमबार एक समारोहका विच पोखरामा लोकापर्ण गरीएको छ । कास्की हेमजा घर भएका वानियाले ९ बर्ष पछि तेश्रो संस्करण स्वरूप ल्याएको एल्वम प्रोफाईलको लोकापर्ण गर्दै बरिष्ठ गायक दिप श्रेष्ठले कुनै पनि कलाकारको लागि पहिलो आवश्यकता भनेको आफ्नै घरआगनमा स्थानीय दर्शक श्रोताको माया ममतानै रहने बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा कला, संस्कृति र गित संगीतको क्षेत्रमा धनि रहेको दाबी गर्दै गायक श्रेष्ठले सानै ठाँउबाट मान्छेले  राम्रो गर्दै अघि बढेको खण्डमा मात्र राम्रो गर्न सक्छन भन्दै सम्भावना भएका विनोद वानिया जस्ता कलाकारलाई स्थानीय घर आगनमा प्रयाप्त मात्रमा माया ममता दिनुपर्ने धरान राखे । हरेक एल्वमा व्यक्ति व्यक्तिको श्रष्ठा लुकेको हुने उनको भनाई थियो । कवि तथा संस्कृतिकर्मी तिर्थ श्रेष्ठले देशको दुर्रभाग्य राजधानिबादसंग जोडिन पुगेको दाबी गरे । उनले भने “अहिले पनि राजधानिमै धाउने अधिकाशं व्यक्तिहरु राम्रो गायक तथा राम्रो संगीतकार बन्न सक्छ तर आफ्नै गाँउ ठाँउमा रम्ने कलाकारले त्यो स्थान हासिल गर्न सक्दैन । ” राजधानिवादको किल्ला भत्काउन वायिनाको योगदान रहेको उनको भनाई थियो । उक्त एल्वमको बारेमा गायक कर्ण दासले समिक्षा गर्दै ६ वटा गितहरु रहेको एल्वममा हरेश गितमा कथा रहेको बताए ।

रयान्डम रिडर्स सोसाईटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले वानियाको बारेमा चर्चा गर्दै समय परिस्थितीका कारणले गर्दा वानियाले ९ बर्षको अन्तरालमा पुनः अर्को एल्वम ल्याएको बताए । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेस रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवाली, निवर्तमान अध्यक्ष सरस्वती प्रतिक्षा, संचारकर्मी संजय मल्ल लगायतले वोलेका थिए । उक्त अवसरमा वानियालाई सुरुमा गितार सिकाउने गुरु कृष्ण बहादुर कुवंर लगाएत अन्य व्यक्तित्वलाई प्रमुख अतिथि गायक दिप श्रेष्ठ , कवि तथा संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, पश्चिमपृतनाका पृतनापति रमेश पुन लगायतले सम्मान गरेका हुन । मादल बजाउन सिकाउने लता सापकोटालाई पनि सम्मानको घोषणा गरीएको छ । अस्वस्थ्यका कारण सापकोटा कार्यक्रममा सहभागि हुन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button