पोखरा, ३० पौष –
जगदम्बा ट्राभल्स पोखराका अध्यक्ष एवं पर्यटन व्यवसायी केशवप्रसाद अधिकारीलाई ‘राष्ट्रिय नागरिक सम्मान’ प्रदान गरिने भएको छ । राष्ट्रिय नागरिक विकास समाज, शान्ति विकास अभियान नेपाल र नेपाल वेलफेयर फाउन्डेसनले आगामी शनिबार अधिकारीलाई सम्मान गर्ने कार्यक्रम छ ।
शान्ति र विकासप्रति समर्पित भई राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुरयाएबापत अधिकारीलाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक महेशजंग कुँवरले जानकारी दिए । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सम्मान कार्यक्रम आयोजना हुँदैछ । पर्यटन, शैक्षिक, निर्माण, कृषि, रोजगार, सामाजिक तथा आर्थिक विकास लगायत क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएबापत अधिकारीलाई सम्मान गर्न लागिएको राष्ट्रिय नागरिक विकास समाजले जनाएको छ ।
विभिन्न क्षेत्रमा योगदान पुरयाउने विशिष्ट व्यक्तित्वहरुलाई समाजले सम्मान गर्दै आएको छ । सामाजिक क्षेत्रमा अझ बढी योगदान पुरयाउनका लागि नागरिक सम्मान गर्ने खबरले थप प्रेरणा मिलेको अधिकारीले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution