विन्ध्यवासिनी क्यामपसको पाँचौ साधारणसभा सम्पन्न

पोखरा, ३० पौष –

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्यामपसको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

सभाको उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रध्यापक चिरञ्जीवीप्रसाद शर्माले प्राविधिक शिक्षा बर्तमान समयको आवश्यकता भएको बताउनुभयो । उहाँले पछिल्लो समय विद्यार्थीको ध्यान प्राविधिक शिक्षा तर्फ केन्द्रित भएकाले पनि यसको महत्व वढेको बताउनुभयो । क्यामपसमा सुचना प्रविधिसंग सम्वन्धित विषय अध्यापन गराउन सुझाव दिँदै उपकुलपति शर्माले त्यसका लागी सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताउनुभयो ।

क्यामपस सञ्चालक समितिका अध्यक्ष सोमनाथ अधिकारी प्यासीको अध्यक्षतामा भएको साधारणसभामा गण्डकी उच्च माविका प्राचार्य रामप्रसाद बराल, क्यामपसका संस्थापक सदस्य उदयबहादुर बस्नेत, संरक्षक गोविन्द ब. बस्नेत, सञ्चालक समितिका सदस्य दानबहादुर बाँनिया, भूपू विद्यार्थी मञ्चका विकाश आचार्य लगायतले क्यामपसका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा क्यामपस प्रमुख नरहरि भटराई र लेखापाल भिम गायकले बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा टप एकेडेमिक अवार्डबाट विविएस तेस्रो वर्षमा सर्वोकृष्ठ अङ्क ल्याउने हरिकला आचार्य र विनिता पौडेललाई सम्मान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपकुलपति शर्मा र सञ्चालक समितिका अध्यक्ष प्यासीले सम्मान गरेका थिए ।

क्यामपसले हाल व्यवस्थापन संकायका स्नातक तहसम्मको कक्षा सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button