फुटसल बन्द गर्नु गलत – पूर्वमन्त्री पौडेल

पोखरा, १ माघ –

 १५ औ राष्ट्रिय माछापुछ्रे फुलकन्ट्रयाक कराँते तथा चौथो क्योकुशिन बुदोकाई कराँते महिला खुल्ला तर्फ सुनिता गुरुङ र पुरुष खुल्ला तौल समुहमा हाइन्द्र अडेमगर च्याम्पियन बनेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

क्योकुशिन बुदोकाई कराँते कास्कीले माघेसंक्रान्तिको अवसरमा आयोजित १५ औ राष्ट्रिय माछापुछ्रे फुलकन्ट्रयाक कराँते तथा चौथो क्योकुशिन बुदोकाई कराँते प्रतियोगिताकोसोही तौल समुहको महिलामा अम्विका जिसी दोस्रो, दिक्षा गुरुङ र सुधा पौडेल तेस्रो भए भने पुरुष तर्फ केशब दराई दोस्रो, गणेश अधिकारी र सगुन तामाङ तेसो भए ।

त्यस्तै ३० केजी तोल समुहमा इन्द्रबहादुर थापा प्रथम, राजन विक द्धितृय, निशान प्रधान तृतिय र अमन पौडेल भए । ३५ केजी तौल समुहमा धिरज परियार प्रथम, अविनाश अधिकारी दोस्रो, नवराज गुरुङ तेस्रो र प्रविण पाण्डे भए । ५० केजी मुनिको तौल समुहमा मुकेश गुरुङ प्रथम, निरज रानाभाट दोस्रो, नारायण ताम्राकार तेस्रो र अर्जुन बराम भए । ४० केजी तौल समुहमा सुमन प्रतेल प्रथम, लक्ष्मण ताम्राकार दोस्रो र प्रशान्त क्षेत्रीय तृतिय र कपिल कुमाल भए । ४५ केजी तौल समुहमा अनिल बराम प्रथम, विनोद नेगी दोस्रो, मन्दीप वि.क. तृतिय र लक्ष्मण शाही भए । ५० केजी तौल समुहमा युकेश गुरुङ प्रथम, निरज रानाभाट द्धितिय, नारायण ताम्राकार र अर्जुन बराम तेस्रो भए । ५५ केजी मुनिको तौल समुहमा सोम तामाङ प्रथम, मोहराज आचार्य दोस्रो, विक्रम क्षेत्री र अजय राई तेस्रो भए । त्यस्तै महिला ४५ केजीमा सुष्मा थापा प्रथम, एलिसा बराल दोस्रो र सरला खड्का र अन्जना अधिकारी तेस्रो भए । विजेता खेलाडिहरुलाई पूवमन्त्री पुरुषोत्तम पौडेल, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, मोया थाई किक बक्सिङ पश्चिमाञ्चल प्रशिक्षक दिपकबहादुर गोदार, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले कप, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

सासंद एवं पूर्व यूवा तथा खेलुकदमन्त्री पुरुषोत्तम पौडेलले फुटबल बन्द गर्नु गतल भएको बताए । माघेसंक्रान्तिको अवसरमा शुक्रबार पोखरामा आयोजित १५ औ राष्ट्रिय माछापुच्छे« फुलकन्ट्रयाक कराँते तथा चौथो क्योकुशिन बुदोकाई कराँते प्रतियोगिताको उद्घाटन गदै उहाँले फुटबल बन्द गर्नु खेलकुद क्षेत्रलाई हतोत्साही बनाउने षडयन्त्र भएको बताए ।

‘फुटबल बन्द गर्नु खेलकुद क्षेत्रमा नीजि क्षेत्रबाट भैरहेको लगानीलाई हतोत्साही गर्नु हो, त्यसैले बन्द गर्ने निर्णय उचित छैन् ।’ उनले फुटसलमा बिकृतिविसंगी भए, हटाउन उपाय खोज्ने हो तर बन्द गर्ने हैन् भन्नुभयो । उनले पोखरालाई खेलकुद पर्यटनको रुपमा विकास गर्न आवश्यक रहेको बताउदै पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागी सरकारले लगानी गर्नुपर्ने आवश्यकता समेत औल्याए । उनुभयो । ‘पोखरा खेल पर्यटनको लागी सम्भावना बोकेको शहर हो, त्यसैले पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानका लागी सरकारी लगानी हुनुपर्छ ’भन्नुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई खेलकुदको राजधानी बनाउन भौतिम पूर्वाधार निर्माणलाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागी डिपिआर गर्ने काम सुरु भएको जानकारी दिए ।

सोही कार्यक्रममा क्योकुशिन बुदोकाई कराँते खेलाडि अनिल गुरुङ, दाबहादुर क्षेत्री, लालबहादुर छन्त्याल र कलाकार प्रजापति पराजुली र तुलसा क्षेत्रीलाई पूर्वमन्त्री पौडेल, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, क्योकुशिन बुदोकाई कराँते ब्रान्चचिफ तथा संस्थापक अध्यक्ष राजेन्द्र सुवेदी, कराँते प्रशिक्षक एंव कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकहादुर गोदारले संयूक्त रुपमा सम्मानपत्र सहित सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button