ज्ञानेन्द्रको अध्यक्षतामा नबज्योति टोल विकास संस्थाको नयां कार्यसमिति चयन

लेखनाथ, २ माघ –

लेखनाथ नगरपालिका वडा नं. ४ मा सक्रिय रहेको नबज्योति टोल बिकास संस्थाको चौथो साधारण सभा तथा अधिबेशनबाट ज्ञानेन्द्र बजगांईको अध्यक्षतामा नयां कार्यसमिति चयन गरिएको छ । त्यस्तैगरि उपाध्यक्षमा तेजस्बी बराल, सचिबमा पुःन उदिपराज ढुंगाना, कोषाध्यक्षमा बलराम सापकोटा, सह सचिबमा अप्सरा ढुंगाना र सदस्यहरुमा ईन्दिरा ढुंगाना, अनन्त बञ्जरा, दिपक ढुंगाना र सिता कुवँर निर्वाचित भएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara

संस्थाकी निवर्तमान अध्यक्ष अम्बिका लम्साल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्र अन्र्तगत सम्पन्न साधारण सभामा कोषाध्याक्ष बलराम सापकोटाले आर्थिक प्रतिबेदन तथा सचिब उदिपराज ढुंगानाले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । लेखनाथ नगरपालिका वडा नं. ४ र ५ का बडा सचिब बिष्णु लामिछानेको प्रमुख आतिथी रहनु भएको कार्यक्रममा एमाओवादिका पुर्व केन्द्रिय सल्लाहकार कोमलनाथ बराल, संस्थाका सल्लाहकार द्धय पार्वती ढुंगाना र अम्बिका शर्मा अधिकारीले टोल बिकास संस्थाहरुको महत्व र आबश्यकताको बारेमा आ आफ्नो धारणा राखेका थिए ।

संस्थाका सचिब उदिपराज ढुंगानाले संचालन गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र बजगाईले सबैलाई समेट्दै टोलको बिकासमा आफ्नो पुरा कौशल खर्चिने बताउदै बिभिन्न सुधारका कार्यक्रम तथा योजनाहरु पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button