इलेक्ट्रोमेकानिकल संघको अध्यक्षमा श्रेष्ठ

पोखरा, ३ माघ – 

इलेक्ट्रोमेकानिकल संघ नेपालको १४ औंसाधारणसभाले न्यू गण्डकी रेफ्रिजेरेशनका प्रोप्राइटर नरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्य कार्यसमितिको चयन गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

सो समितिको उपाध्यक्षमा गोविन्द पौडेल, महासचिव अरुण थापा, सचिव प्रमिला तुलाचन, कोषाध्यक्ष इन्द्रलाल श्रेष्ठ, सदस्यहरुमा इन्जिनियर राजेन्द्र ढकाल, शिव प्रसाद ढकाल, धिरेन्द्र प्रधान, देवीप्रसाद लामिछाने, रेशम गुरुङ्ग, माधव पौडेल, माधव तिवारी, प्रकाश गिरी, नरेश श्रेष्ठ, रमेश सुवेदी र रामेश्वर शाह रहेका छन्। क्षेत्रीय प्रतिनिधि अन्तर्गत म्याग्दी संयोजकमा कृष्ण खत्री, बाग्लुङ संयोजक शंकर नकर्मी, दमौली संयोजक गिता अधिकारी, दुलेगौंडा संयोजक निरन ताम्राकार, लेखनाथ संयोजक कृष्ण गौतम रहेका छन् ।

सो साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले गुणस्तरीय सेवा दिन मेकानिकलहरुको इमान्दारिता आवश्यक रहेको र दक्षता अभिवृद्धिका लागि संघले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल रेफ्रिजेनेशन इलेक्ट्रिो महासंघका महासचिव सगुन खोजु, पत्रकार कृष्ण थापा, पोखरा इलेक्ट्रिसियन एशोसिएशनका अध्यक्ष बालकृष्ण बराल, पोखरा औद्योगिक क्षेत्र व्यवसायी संघका महासचिव बलभद्र नकर्मी लगायत सुरक्षित र गुणस्तरीय सेवाको लागि सबै व्यवसायी एक हुनुपर्ने बताए । संघले पश्चिम नेपालको व्यवसायीहरुलाई संगठित बनाई महासंघको अवधारणा ल्याइने, वातावरणमैत्री सेवा र प्रभावको लागि तालिम व्यवसपन गरिने योजना रहेको महासचिव अरुण थापाले बताए ।

संघका अध्यक्ष शंकर ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, कार्यक्रमको संचालन महासचिव गोविन्द पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button