पोखरा, ११ माघ –
युवा संघ नेपालले संघद्वारा मधेशमा जारी अभियान सामाजिक सद्भाव र एकताका लागि भएको जनाएको छ ।
युवा संघ नेपाल गण्डकी अञ्चल कमिटिद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष राजिव पहारीले नयाँ संविधानका उपलब्धि बारे जानकारी गराउने र संविधानका सम्बन्धमा व्याप्त भ्रमहरू हटाउँदै समग्र राष्ट्रको एकता र सद्भावका लागि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
अभियान कसैको प्रतिरोधका लागि नभएको स्पष्ट पार्दै अध्यक्ष पहारीले भन्नुभयो –“अभियानले राष्ट्रलाई जटिलताबाट पार लगाउन महत्वपूर्ण सहयोग पुरयाउँछ र मधेसमा सचेतना अभिबृद्धिका लागि यो उपयोगी बन्दछ ।” संघले मधेशमा जागरण अभियान अन्तर्गत निरन्तर कार्यक्रम गर्दै आएकोमा रङ्गेलीको कार्यक्रम पनि पूर्ववत् रुपमा तय भएको गरिएको उहाँको भनाइ छ । रङ्गेलीमा शान्तिपूर्ण कार्यक्रमलाई विथोल्न प्रयास गरिए पश्चात भएको घटना दुखःद भएको उल्लेख गर्दै उहाँले कार्यक्रम गर्न सर्वदलीय सहमति समेत भैसकेका अवस्थामा शान्तिपूर्ण कार्यक्रमलाई अनाहकमा विथोल्ने प्रयास भएको बताउनुभयो । मधेश समस्याको समाधानका साथै देशमा व्याप्त कालोबजारी, अनियमितताका सम्बन्धमा संघले सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष पहारीले बताउनुभयो ।
कार्यक्रममा संघका अञ्चल अध्यक्ष नवराज ओझा, उपाध्यक्ष महेन्द्र गुरुङ र कोषध्यक्ष थमनारायण ढकाल लगायतले सामाजिक र सद्भाव र एकताका लागि मधेशमा संघले सञ्चालन गरेको अभियानले संविधानका सम्बन्धमा पारिएका भ्रम चिर्दै दलहरूबीचको सम्वाद र समस्याको समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution