उन्नतशिल युवा क्लव थापाठानाको १० औं वार्षिकोत्सव सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ माघ १२
उन्नतशिल युवा क्लव थापाठानाको १० औं वार्षिकोत्सव सम्पन्न

पर्वत, १२ माघ –

नेष्डो सुचना विभाग-विगत दश वर्ष देखि स्थानीय स्तरमा विभिन्न सामुदायिक विकासको क्षेत्रमा क्रियाशिल उन्नतशिल युवा क्लव, थापाठाना पर्वतको १०औं वार्षिकोत्सव विविध कार्यक्रम सहित मंगलवार थापाठाना, पर्वतमा सम्पन्न भएको छ ।

स्थानीय स्तरमा रहेका विसंगती, कुलतहरुको अन्त्य गरी सभ्य, समुन्नत समाजको स्थापना गर्ने उद्देश्यले दश वर्ष पहिले भएको थियो । क्लवले थापाठाना गाविसमा बाटो निर्माण, मदिरा नियन्त्रण, पुर्ण सरसफाईयुक्त गाविस घोषणामा सहयोग, शैक्षिक कोषको स्थापना गरी असाहय बाललिकालाई शैक्षिक सहयोग, विभिन्न सीपमुलक तालिम लगायत दर्जनौ रचनात्मक कार्यहरु सञ्चालन गर्दै आई रहेको छ।

sachetana 2

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेष्डो नेपालका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले स्थानीय तहमा रहेका युवा क्लव लगायतका नागरीक संघसंस्थाहरुले समाज परिवर्तनमा ठूलो योगदान पुरयाएको बताउनु भयो । क्लवहरुले मनोरन्जनात्मक एवम् चेतनामुलक अभियानहरुमा मात्र सिमित नभई सामुदायिक विकासको कार्यमा समेत ध्यान दिनुपर्ने बताउनु भयो । लाखौं नेपाली युवाहरु विदेश पलायन भईरहेको र हजारौंले खुशीको विकल्पमा प्राण नै गुमाउने गरेको सन्दर्भमा स्थानीय स्तरमा नै युवाहरुलाई स्वःरोेजगारी सृजना गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री, जिल्ला प्राविधिक कार्यालय मुस्ताङ्गका कार्यालय प्रमुख इन्जिनियर रविन्द्र तिवारी, थापाठान गाविस सचिव पुर्ण वहादुर भण्डारी, समाजसेवी रोटरीयन नवराज भण्डारी लगायत वक्ताहले समाज परिवर्तनमा युवाहरुको योगदानको वारेमा आआफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा चर्चित नृत्य कलाकार सुक वहादुर पुन, अनिता सोती लगायत क्लवका स्थानीय कलाकारहरुले आर्कषक नृत्य प्रदर्शन गर्नु भएको थियो । यसै गरी लोकगायक राजन कार्की, मधु चापागाई, दिपक कार्की, मिनु कार्की, केशव घिमिरे, सुदिप भण्डारीले लोकगायनवाट दर्शकहरुलाई मनोरन्जन दिनु भएको भएको थियो ।

कार्यक्रम क्लवका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सचिव पुर्ण वहादुर भण्डारीको स्वागत एवम् क्लवका पुर्व अध्यक्ष विक्रम भण्डारीको सञ्चालनमा सम्पन्न भएको रेडियो सम्वृद्धका स्टेशन प्रमुख ओम्ना क्षेत्रीले थापाठाना पर्वतवाट जानकारी दिनु भयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस