पोखरा, १३ माघ –
राष्ट्रमा देखिएको पछिल्लो अवस्थाले शहिदहरुको सपना कुण्ठित भएको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।
शहिद सप्ताहको अवसरमा पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च माविले आयोजना गरेको शहिदको योगदानको परिचर्चा तथा कविता वाचन कार्यक्रममा सहभागी वक्ताहरुले राष्ट्रिय एकता र स्वाभिमानका लागी जीवन आहुति गर्ने शहिदहरुको योगदानको मुल्याङ्कन हुन नसकेको भन्दै गुनासो गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै पृथ्वीनारायण क्यामपसका पूर्व क्यामपस प्रमुख प्रा.डा.दिलबहादुर क्षेत्रीले शहिदको सपनालाई साकार पार्ने काममा राज्य सञ्चालकहरु नै चुकेको बताउनुभयो । जहानिय राणा शासन तथा निरङ्कुशताका विरुद्ध गोली खान तयार भएका सहिदहरुले देखाएको बाटोलाई अंगाल्न नसकेकै कारण देशको स्वाधिनता नै संकटमा परेको बताउनुभयो । प्रा.डा. क्षेत्रीले शहिदको योगदानको चर्चा गर्दै राष्ट्रनिर्माणका लागी सवै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । पार्टीगत शहिदहरुका कारण राष्ट्रिय शहिदको योगदान छायामा परेको भन्दै क्षेत्रीले दुख व्यक्त गर्नुभयो । विद्यालयका प्राचार्य नारायण शर्मा चापागाइको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार शिशिर पौडेल, दशजोड दुइका संयोजक निर्माल सोती, पोख्रेली श्रष्टा अदिति शर्मा, इन्चार्ज अमृत पौडेल, कार्यक्रम संयोजक सुमन पौडेल लगायतले दलगत स्वार्थका कारण शहिदको सपनामाथि तुषारापात भएको बताए ।
कार्यक्रममा २५ जना विद्यार्थीले शहिदप्रति समर्पित कविता वाचन गरेका थिए । उनिहरुले शहिदको सम्झना गर्दै राष्ट्रिय एकताको पक्षमा जोड दिएका थिए । कविता वाचनमा सुस्मिता बास्तोला, रेजिना थापामगर, विनोद सुनार, अनिष गौतम, अजुर्न बास्तोला, निशान गिरी, रोशन पौडेल, स्मृति गिरी र सिजन पौडेल उत्कृष्ठ भएका छन् । कार्यक्रममा विद्यार्थीले राष्ट्रिय भावनाले ओतप्रोत गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए, भने वृत्तचित्र समेत पर्दशन गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution