लायन्स क्लव अफ पोखरा आदर्श लामाचौरद्धारा प्रतिक्षालय निमार्ण

पोखरा, १४ माघ –

पोखराको उत्तरी क्षेत्र लामाचौरमा लायन्स क्लव अफ पोखरा आदर्श लामाचौरद्धाराले लायन्स प्रतिक्षालय निमार्ण गरी एक समारोहका विच लायन्स क्लव अफ इन्टरनेश्नल ३२५ वि १ नेपालका गभर्नर पि एम जे एफ धुर्व बहादुर थापाले उद्घाटन गर्नु भयो । जेष्ठ नागरीकहरु जो विभिन्न पेशा ब्यवसायबााट विश्राम लिएका जिवनको उत्तरार्धमा रहेका समुदायका अग्रजहरु लाई दैनिक समय गुजाराका लागि लामाचौरको भण्डारीडहरमा करिव २० जना बस्न मिल्ने गरी टस सहितको फलामको कुर्चि निमार्ण गरीएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

station2

लायन्स क्लव अफ पोखरा आदर्श लामाचौरका अध्यक्ष ला. नविन भण्डारीले रु. १ लाखको खर्चमा निमार्ण कार्य सम्पन्न गरी लायन्स क्लव अफ पोखरा आदर्श लामाचौरलाई हस्तान्त्ररण गरीएको हो । प्रतिक्षालय उद्घाटन कार्यसंगै लायन्स क्लवस् इन्टरनेश्नल ३२५ वि १ नेपालका गभर्नर पि एम जे एफ धुर्व बहादुर थापाले लायन्स क्लव अफ पोखरा आदर्श लामाचौरको क्लव भमण गर्नुसँगै क्लवलाई निर्देशन समेत गुर्न भयो कार्यक्रममा चिफ एरिया कोडिनेटर तिर्थलाल श्रेष्ठ, इभ्यालुइसन कमिटि चियरपर्सन श्यामकृष्ण श्रेष्ठ, डिस्टीक यरिया कोडिनेटर दुर्गा ढकाल लायन्स क्लव अफ पोखरा आदर्श लामाचौरका गाईडिन लाईन गोविन्दबहादुर क्षेत्री लगायतका ब्यक्तिको उपस्थिती रहेको थियो ।

लायन्स क्लव अफ पोखरा आदर्श लामाचौरका अध्यक्ष नविन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष ला. मिलन के.सी.ले ध्वजाको अभिवादन क्लव पि.आर.ओ. ला. सञ्जयकुमार अधिकारीले स्वागत मनतब्य तथा क्लव सचिव ला. दिनेश भण्डारीले कार्यक्रम संचालन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button