इनरह्विल क्लव अफ न्युरोड पोखराद्धारा विद्यार्थीलाई सहयोग

  • पोखरा न्यूज
  • २०७२ माघ १६
इनरह्विल क्लव अफ न्युरोड पोखराद्धारा विद्यार्थीलाई सहयोग

पोखरा, १६ माघ –

इनरह्विल क्लव अफ न्युरोड पोखराले कास्कीकोटको लौरुङ्गमा रहेको सरस्वती प्राविमा विद्यालय पोशक र प्रिन्टर सहयोग गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा माछापुच्छ्रे फुटवल क्लव अष्टे्रलियाको सहयोगमा ५४ सेट विद्यालय पोशाक र एक थान फ्याक्स सहितको प्रिन्टर विद्यालयलाई हस्तान्तरण गरिएको हो । उक्त सामाग्री इनरह्वील क्लव अफ न्युरोड पोखराका चार्टर प्रेसिडेन्ट निर्मला मल्ल र क्लवका पेसिडेन्ट गंगाकुमारी पराजुलीले विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चार्टर प्रेसिडेन्ट मल्लले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र विद्यालयको कामलाई सहज बनाउन आफुहरुले सहयोग गरेको बताउनुभयो । कार्यक्रममा रोटरी क्लव अफ पोखरा न्युरोडका प्रशासकिय चियर पर्सन पुष्पकमल पौडेल, विद्यालयका अध्यक्ष रेशम सुवेदी, प्रधानाध्यापक चिन ब. बस्नेत, क्लवका सचिव कमला बास्तोला, गीता सिग्देल लगायतले रोटरीको बारेमा चर्चा गरेका थिए ।

त्यस अवसरमा विद्यालयले क्लवलाई प्रशंसापत्र सहित मायाको चिनो प्रदान गरेको छ । रोटरी क्लव अफ न्युरोडले कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस