सिद्धान्त स्मृति प्रतिक्षालयको उद्घाटन

  • पोखरा न्यूज
  • २०७२ माघ १६
Post Thumbnail

पोखरा, १६ माघ –

रामबजार १०, कालिका मन्दिरसँगै निर्माण गरिएको सिद्धान्त स्मृति प्रतिक्षालयको शनिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

कालिका मन्दिर सञ्चालक समितिद्धारा आयोजित स्वर्गीय सिद्धान्त कुँवरको स्मृतिमा निर्मित प्रतिक्षालयको उद्घाटन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि पुर्व सभासद, उद्योगपति, समाजसेवी सुर्यबहादुर केसीले रिबन काट्नुका साथै शिलालेखको अनावरण गरेर प्रतिक्षालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केसी, रामबजार युकेका सल्लाहकार महेश गुरुङ, टोल सुधार समिति रामबजारका अध्यक्ष सम्मरबहादुर श्रेष्ठ, पोखरा महिला समन्वय समितिका अध्यक्ष पवित्र गुरुङ, कालिका मन्दिर सञ्चालक समितिका अध्यक्ष मनवीर गुरुङ ढासाले प्रतिक्षालय निर्माण गरिदिनुहुने स्वर्गीय सिद्धान्त कुवँरका बुबा श्यामकुमार कुँवरलाई सम्मानपत्र, दोसल्ला, खादाद्धारा र पञ्चै बाजा संरक्षणमा विशेष योगदान पुर्याएको भन्दै रामबजारका पुराना पुस्ताका सुरन्धरे परियार(लुरे)लाई १० हजार १५ रुपैयासहित सम्मानपत्र, दोसल्ला, खादाबाट सम्मान गरिएको थियो । ब्रिटिस गोर्खा सैनिकमा कर्पोरल पदमा सेवारत पोखरा १० रामबजारका सिद्धान्त कुँवरको २०६९ साल कात्तिक १४ गते अफगानिस्तानमा मारिए पश्चात परिवारबाट कालिका मन्दिरचोकमा करिब ४ लाखको लागतमा सिद्धान्त स्मृति प्रतिक्षालय निर्माण गरिएको हो ।

sidhanta 2

प्रतिक्षालय उद्घाटन गर्नुहुदै प्रमुख अतिथि सुर्यबहादुर केसीले स्वर्गीय कुँवरप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुदै उहाँको स्मृतिमा परिवारजनबाट अत्यावश्यक यात्रु प्रतिक्षालय निर्माण गरेर रामबजारको विकासमा सघाउ पुर्याएको भन्दै परिवारलाई धन्यवाद व्यक्त गर्नुभो । उहाँले सकिन्छ भने बीरेन्द्रचोकमा पुनः निर्माण गरौं, होइन भने शान्तिको प्रतीक बनाएर चोकलाई व्यवस्थित गर्नुपर्ने बताउनुहुदै रामबजारको विकासका लागि आफ्नो सधै साथ रहन्छ भन्नुभयो । लामो समयदेखि रामबजारबासीको सेवामा जुट्नु भएका, पञ्चैबाजा संरक्षक, कार्यक्रममा सम्मानित लुरे परियार अस्वस्थ्य रहेकाले आफ्नो तर्फबाट उपचारका लागि १० हजार सहयोग प्रदान गरिसकेको र आउदो दिनमा थप सहयोग गर्ने बताउनुभयो ।

रामबजार सोसाईटी युकेका सल्लाहकार समाजसेवी महेश गुरुङले सिद्धान्त कुवरले कालिका उच्चमाविमा अध्ययनदेखि बेलायती सेनामा भर्ती, र उक्त दुखद घटनाको समेत चर्चा गर्नुहुदै छोराको स्मृतिमा श्यामकुमार कुँवरको परिवारजनले प्रतिक्षालय निर्माण गरेर पुण्य कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुृभयो । उहाँले कालिका मन्दिरमा शौचालय निर्माणका लागि कालिाका उच्च माविसँग सहकार्य गर्न आग्रह गर्नुहुदै कृष्णमन्दिरमा पनि शौचालय आवाश्यक रहेको बताउनुभयो । समाजसेवी गुरुङले शौचालय निर्माण शुरु गर्नुस्, हामी युकेबाट सहयोग गर्छौ भन्नुभयो ।

राप्रपा नेपाल कास्की अध्यक्ष जयलाल पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै नेपाली पहिचान संरक्षण र एकताका लागि सबै जुट्नुपर्ने बताउनुभयो । टोल सुधार समिति रामबजार १०,१५ का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गर्नुृहुदै सिद्धान्तको स्मृतिमा रामबजारमै पहिलो यात्रु प्रतिक्षालय निर्माण गर्नुभएकोमा परिवारजनलाई धन्यवाद व्यक्त गर्नुहुदै कुँवर परिवारको जस्तै सामाजिक योगदानबाट रामबजारको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले कालिका मन्दिर परिसरमा शौचालय निर्माणको प्रस्ताव गर्नुहुदै रामबजारमा पार्किङको व्यवस्थापन र सडक सोलार बत्तिको व्यवस्थाका लागि पहल भई रहेको जानकारी दिनुहुदै विकासमा युवा सहभागीताका लागि आग्रह गर्नुभयो । पोखरा महिला समन्वय समितिका अध्यक्ष पवित्र गुरुङले विकासका लागि सबै एक जुट हुन आग्रह गर्नुृहुदै रामबजारमा सार्वजनिक सौचालयका अत्यावश्यक रहेको बताउनुभयो ।

कृष्णमन्दिर सञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर थापाले स्वर्गीय सिद्धान्त कुँवरको स्मृतिमा परिवारजनबाट प्रतिक्षालय निर्माण अत्यन्तै अमर कार्य गरेको भन्दै प्रसंसा गर्नुभयो । उहाँले रामबजारको विकास र दुख सुखमा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुहुदै पञ्चैबाजाका संरक्षक सुरन्धरे परियार(लुरे) अस्वस्थ्य हुनुभएकोले सबैको साथ सहयोगको आव्हान गर्नुभयो ।

कालिका मन्दिर सञ्चालक समितिका अध्यक्ष मनवीर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष माधव बरालले सञ्चालन र सदस्य सुरेस बरालले बोल्नु भएको थियो भने सरिता गुरुङले नृत्य प्रस्तुत गर्नुभएको थियो । विगत केही समयदेखि क्यान्सरबाट पीडित पञ्चैबाजाका संरक्षक, रामबजारका अग्रज पुस्ताका सुरन्धरे परियार(लुरे)को उपचार सहयोगार्थ कोष निर्माणका लागि कार्यक्रममा करिब १ लाख रुपैया संकलन भएको सुरेस बरालले जानकारी दिनुभयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस