शहीदको स्मरणमा दीप प्रज्ज्वलन

  • पोखरा न्यूज
  • २०७२ माघ १७
शहीदको स्मरणमा दीप प्रज्ज्वलन

पोखरा, १७ माघ –

देश र जनताका लागि प्राण आहुति गर्ने शहीदहरुको सम्झना पोखरामा शनिबार साँझ दीप प्रज्ज्वलन गरियो । युवाहरुको समुह एमआरआर, पोखराको आयोजनामा शहीदचोक स्थित सहीद पार्कमा मैनबत्ती प्रज्ज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

कार्यक्रममा वक्ताहरुले जसरी मैनबत्ती आफू जल्दै अरुलाई उज्यालो छर्दै सकिन्छ, ति मैनबत्ती जस्ता शहीदहरुले सपना साकार पार्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले सरकारले राष्ट्रिय बिदा घोषणा गर्दैमा शहीदको सम्मान नहुने भन्दै शान्ति, हिंसामुक्त समाज निर्माणका लागि सबै आफ्नो ठाउँबाट लाग्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रबैंक टोल विकास संस्थाकी सचिव भगवती शर्माले देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदहरुको सपना साकार पार्नुपर्ने बताईन् । उनले समाज परिवर्तनमा युवाहरुको ठुलो भुमिका रहेको भन्दै सामाजिक कार्यक्रममा अग्रसरताका लागि आह्वान पनि गरिन् । एमआरआर पोखराका प्रतिनिधि सुर्य तिमिल्सिनाले युवाहरुले देशको परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । चार सहीदहरु युवा उमेर समूहमै देशका लागि ज्यानलाई बलि चढाउन तयार भएको स्मरण गर्दै उनले यही उमेर समूहले नै देश विकासको मेरुदण्ड भएको बताए । स्वदेशमै रोजगारी सिर्जना गरी आफ्नै माटोमा उद्यमशील बन्ने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

कार्यक्रको संचालन समुहका सदस्य सञ्जय लामिछानेले गरेका थिए । सो अवसरमा सहीदहरुको स्मरणमा मौनधारण पछि सबैले पालैसित सहीद स्तम्भ परिसरमा मैनबत्ती प्रज्ज्वलन गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस