दुई दिवसीय नेत्तृत्व तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ फागुन २६
दुई दिवसीय नेत्तृत्व तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

पोखरा, २६ फागुन –

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कास्कीको दुई दिवसीय नेत्तृत्व तथा व्यक्तित्व विकास कार्यक्रम वुधवार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा समाजिक अभियन्ता सुष्मा पौडेल तथा कस्केली अधिकृत समाज कास्कीका अध्यक्ष साहित्यकार दुर्गा वहादुर शाह वावाले प्रशिक्षण दिएका थिए । साथै पििरषद्को काम कर्तव्य र अधिकारका वारेमा परिषद् गण्डकी धौलागीरीका अध्यक्ष अभिचन्द्र पाठकले प्रशिक्षण दिएका थिए । कार्यक्रममा कास्कीका विभिन्न विद्यालय तथा कलेजका ८० जना विद्यार्थी तथा परिषद्का पदाधिकारीको सहभागिता रहेकोे थियो ।

साथै सोही अवसरमा केही समय अगाडी परिषद्ले आयोजना गरेको स्वामी विवेकानन्द नेपाली संस्कृति ज्ञान परीक्षा २०७२का विजेताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन वालअधिकारकर्मी विष्णुहरी अधिकारी, प्रशिक्षक सुष्मा पौडेल, अधिवक्ता कृष्णप्रसाद चापागाई, हिन्दु स्वयमसेवम संघका विभाग महासचिव प्रेम साकार र अध्यक्ष बसन्त पौडेलले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा वोल्ने वक्ताहरुले प्राज्ञिक विद्यार्थी परिषद् विद्यार्थीहरुलाई राजनितीमुक्त वनाउदै धर्म संस्कृति र संस्कारका वारेमा जागृतगर्दै देशभक्त असल जनशक्ती निर्माणमा जुटेकोमा प्रशंसा व्यक्त गरे । साथै यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिए ।

जिल्ला संयोजक बसन्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य सहित गिता परिषद् वाचन ज्ञानी गौतमले गरेकि थिइन् भने कार्यक्रमको संचालन मिलन अधिकारीले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस