पोखरा, २८ फागुन –
आदीबासी जनजनती उत्थान समाज पोखराले स्याङजामा गुरुङ जातीको संस्कृती जर्गेना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जनजनती उत्थान समाजका अध्यक्ष लालकाजी गुरुङले जेष्ठ नागरिकहरुको संरक्षण र सुरक्षा राज्यको मात्र दाहित्व नभएको बताउनुभयो । करिब ७५ जना जेष्ठ नागरिकहरु सहभागी रहेको कार्यक्रममा समाजसेवी काजीमान गुरुङले समाजको बिकृती रोक्न जेष्ठ नागरिकहरुलाई चनाखो बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बयोबृद्वा गञ्ज बहादुर गुरुङ, थाप्ले सिद्व आमा समुहका अध्यक्ष कन्या कुमारी गुरुङ, जनजनती उत्थान समाजका सन्त बहादुर श्रेष्ठ लगाएतले संस्कृती जर्गेनाका बिषयमा बोलेका थिए । संस्कृती जर्गेना कार्यक्रम लालकाजी गुरुङको अध्यक्षमा काजीमान गुरुङले संचालन गर्नुभएको थियो भने स्वागत मन्तब्य ज्ञानबहादुर गुरुङले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution