मुक्तिनाथ विकास बैंक लि.को सिमित बैंकिङ्ग कार्यालय समुद्घाटन

पोखरा, २८ फागुन –

मुक्तिनाथ विकास बैंक लि.ले ग्रामिण भेगमा बैकिङ्ग कारोवार गर्न प्रोत्साहन गर्ने उद्देश्यले कालिका नगर पालिका वडा नं.–६, चितवन स्थित खोलेसिमलमा  कार्यालय समुद्घाटन गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मिति २०७२ साल फाल्गुन २८ गते शुक्रवारका दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री बाट सिमित बैंकिङ्ग कार्यालय खोलेसिमलको औपचारिक रुपमा समुद्घाटन गरी आफ्नो कारोवार शुभारम्भ गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बताए । बैंकका अध्यक्ष मिन प्रसाद गुरुङ्ग उपस्थित रहनु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बैंकको उदेश्य, रणनिति एवं भावी कार्यक्रमहरुको वारेमा तथा आधुनिक बैंकिङ्ग प्रमुख तिल वहादुर गुरुङ्गले बैंकले प्रदान गर्ने सेवा सुविधा वारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सिमित बैंकिङ्ग कार्यालय प्रमुख युवराज ढकालले स्वागत मन्तब्य राख्नुभएको थियो भने खोलेसिमल बजार व्यबस्थापन समितिका अध्यक्ष हरी भण्डारीले शुभकामना मन्तब्य राख्नु भएको थियो । बैंकका संस्थापक सिता राम काफ्ले, राम प्रसाद पोख्रेल तथा संचालक समितिका सदस्यहरु नरायण प्रसाद श्रेष्ठ, चुडामणि कडेल का साथै लघुवित्त विभागिय प्रमुख गोविन्द वहादुर राउतको उपस्थिति रहेको उक्त शाखा उद्घाटन समारोहमा स्थानीयवासी तथा आसपासका क्षेत्रका जनता, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैंकले “जनता बैंकमा होइन बैंक जनतामा जान्ु पर्दछ” भन्ने सिद्धान्तलाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउदो २९ वटा आधुनिक बैंकिङ्ग, १५ वटा सिमित बैंकिङ्ग र ४० वटा लघुवित्त ईकाइ कार्यालयहरुवाट सेवा प्रदान गरिरहेकोछ । यस शाखाबाट सिद्धि, शक्तिखोर, पिठुवा, पदमपुर, जमुनापुर लगायतका क्षेत्रका जनता, उद्योगी व्यवसायी, शैक्षिक संस्था (स्कुल कलेज) स्वास्थ्य सेवा प्रदायक (हस्पिटल) सरकारी, गैहसरकारी संघ संस्था, कृषि पशुपालन संग सम्बन्धित व्यवसायीहरु माझ प्रत्यक्षरुपमा बैंकिङ्ग पंहुच पुग्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button