सेतीनहरमा भेटिएको शव पहिचान भयो

  • पोखरा न्यूज
  • २०७२ फागुन २९
Post Thumbnail

पोखरा,२९ फागुन – 

पोखरा –१२ दुई कुलाको मुहानमा हिजो सुक्रबार भेटिएको शव पहिचान भएको छ । उक्त शव सितला देवि मावि कक्षा १० मा अध्ययनरत सम्झना गुरुङको भएको प्रहरीले पुष्टी गरेको छ ।

पाटनवेसि घर भएकी गुरुङ प्रबेसीका परिक्षाको तयारी स्वरुप उक्त बिद्यालयमा होस्टेलमै बसेर अध्ययन गर्दै आएको उनका मामा बुद्ध गुरुङले बताए । अध्ययन गर्न होस्टेल राखेको अबस्थामा एकाएक सेतीनदी नहरमा मृत अबस्थामा भेटिएको भान्जिको मृत्युको कारण रहस्यमय हुन सक्ने उनका मामाले बताए ।

सुक्रबार उक्त शव भेटिए पछि शव पहिचान गर्न प्रहरीले धेरै ठाँउमा सोधपुछ तथा संचार माध्यमहरुमा जानकारी गराए पनि शनिबार शव पहिचान भएको हो । उनको हातमा सम्झना नाम लेखिएको कारणले गर्दा पनि उनको शव छिटो पहिचान हुन सकेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस