पोखरा, ३० फागुन –
कास्कीले छैटौँ पटक पोखरामा आयोजना गर्न लागेको मिस नेवाः पोखरा ११३६ को प्रतिभा प्रस्फुटन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी १९ जना प्रतिस्पर्धीहरुले आफुमा अन्र्तनिहित प्रतिभालाई प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिस्पर्धीहरु सेलिका श्रेष्ठले धिमेबाजा, सन्जु श्रेष्ठ, सन्ध्या श्रेष्ठ, श्रेयङ्का श्रेष्ठ, मौनता कर्माचार्य, एनि श्रेष्ठले भाषणकला, निशा श्रेष्ठ, अस्मिता श्रेष्ठ र सदिक्षा मल्लले नेवारी नाच प्रस्तुत गरेका थिए । यसैगरि एलिशा जोशी, सुरक्षा तझ्याले खिन बाजा, ज्योती श्रेष्ठले बाँसुरीबादन, सुबी तण्डुकारले कुमारी नाच तथा दिपिका श्रेष्ठले नेपाली गीत प्रस्तुत गरेका थिए । अन्य प्रतिस्पर्धीहरुमा सुष्मा श्रेष्ठले नेवारी सँस्कृति बारे भनाई, अनिशा तझ्याले हस्तकला, अस्मिता बज्राचार्य र करिश्मा शाईले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेवा खल कास्कीका उपाध्यक्ष गणेशबहादुर श्रेष्ठले नेवारी मौलिक सँस्कृति, भाषा, भेषभुषा, कला रहनसहनको संरक्षण सम्बद्र्धन र नेवार समुदायका युवतीहरुलाई यसवारे अवगत गराउदै, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको बताए । सो अवसरमा कार्यक्रमका संयोजक सुविन्द्र श्रेष्ठले भाषा र संस्कृतिनै हरेक जातीको मुल पहिचान हुने हुँदा यसको जगेर्ना गर्न घरपरिवारमा आफ्नै मातृभाषा बोल्नुपर्ने र संस्कृतिको बारेमा आफ्ना सन्ततीलाई पनि जानकारी गराउनुपर्ने कुरामा जोड दिए । यसअघि प्रतिस्पर्धीहरुको कल्चरल फोटोसुट गरिएको थियो । प्रतिस्पर्धीहरुको फोटो अफिसियल फोटोग्राफर सुरज श्रेष्ठले खिचेका थिए ।
आउदो चैत्र ६ गते शनिबार पोखरा सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धा हुने मिस नेवाः पोखरा ११३६ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । यसरी नै बेष्ट कम्प्लेक्शन, बेष्ट स्माइल, बेष्ट ट्यालेण्ट, बेष्ट पर्सनालिटी, बेष्ट फोटोजेनिक, बेष्ट भ्युअर च्वाइस टाइतलका साथमा जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्रदान गरिने छ । कार्यक्रमबाट वचत रकम, नेवा खलः कास्कीले आयोजना गर्ने नेवारी साँस्कृतिक कार्यक्रममा टेवा पुर्याउने तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएको छ ।
यसैबिच मिस नेवा पोखरा ११३६ को अवलोकन भ्रमण हालै सम्पन्न भएको छ । सुविन्द्र श्रेष्ठको मुल संयोजकत्वमा भएको मिस नेवा पोखरा ११३६ का सहभागीहरुलाई नेवारी संस्कृतीको अवलोकन तथा जानकारी दिने उद्देश्यले काठमाण्डौ वुङमती, किर्तीपुर, भक्तपुर, पाटन लगायत विभिन्न ठाउँहरुमा भ्रमण गरीएको थियो । भ्रमणको क्रममा किर्तीपुर वुङमतीमा नेवा दे दवु को तर्फबाट स्वागत कार्यक्रम राखिएको थियो । नेवा दे दवु का अध्यक्ष श्री नरेश ताम्राकारज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रम कवि तथा साहित्यकार श्री राजभाई जकमी, मुल संयोजक सुविन्द्र श्रेष्ठ तथा सहभागीको तर्फबाट एलीशा जोशीले आ–आफ्नो धारणा राखेका थिए ।
ललीतपुर पाटनमा ज्यापु समाजको तर्फबाट ज्यापु समाजका अध्यक्ष प्रेम महर्जनको अध्यक्षतामा मिस नेवा पोखरा ११३६ का सहभागीहरुलाई स्वागत गरीएको थियो । उक्त कार्यक्रममा ज्यापु समाजका अध्यक्ष प्रेम महर्जन, उपाध्यक्ष शान्तमान मर्हजन, मिस नेवा ११३६ का सहभागीका तर्फबाट सेलीका श्रेष्ठ, मुल संयोजक सुविन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रम पश्चात ज्यापु गुठीको संग्रहालय, पाटन दरवार स्क्वायर लगायत विभिन्न ठाउँहरुको अवलोकन गरेका थिए । भक्तपुरमा सुरेन्द्र गोसाइको नेतृत्वमा भक्तपुरका पुरातात्वीक भवनहरु लगायत ऐतिहासिक महत्वका मठ मन्दीरहरुको पनी अवलोकन गर्ने कार्यक्रम राखीएको थियो ।
भ्रमणको दौरान इलोहान प्रकाशन प्रालि को आयोजनामा दरबारमार्गमा मिस नेवा पोखरा ११३६ का सम्पुर्ण टिमलाई स्वागत गरीएको थियो । स्वागत कार्यक्रममा प्रालि का अध्यक्ष तथा प्रधान सम्पादक नरेश विर शाक्य, वरीष्ठ फोटो पत्रकार राजभाई सुवाल, हाँस्य कलाकार रवि दंगोल हाँस्य अभीनेतृ मन्जु श्रेष्ठ, न्हु ज गुठी का अध्यक्ष सुर बहादुर श्रेष्ठ, मुल संयोजक सुविन्द्र श्रेष्ठले नेवारी भाषा तथा संस्कृतिलाई कायम राख्नको लागी भाषा संस्कार संस्कृतीको जर्गेना गर्न यसको संरक्षण र सम्वर्धन गर्नु मिस नेवा पोखरा ११३६ ले गहन भुमीका खेलेको बारे प्रकाश पारेका थिए ।