स्कुटर दुर्घटनामा एक युवकको मृत्यु

पोखरा, ३० फाग्न –

पोखरामा केहि समय अघि रोकिएको ट्याक्ट्रमा ठक्कर खाएर दुई युवाको मृत्यु भएको घटना सेलाउन नपाउदै गएराति स्कुटर पल्टदा पोखरामा एक युवाको ज्यान गएको छ ।

ग ८ प १८७० नम्वरको स्कुटर चलाएका पोखरा लामाचौरका ४२ बर्षीय पदम भण्डारी पोखरा १६ दिपको नालामा खस्न पुग्दा गए राति उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना गए राति ९ः४० बजे भएको थियो भने उपचारको क्रममा उनको मणिपाल शिक्षण अस्पतालमा १०ः१० बजे मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button