पोखरा, २ चैत्र –
लायन्स क्लब अफ पोखरा पिस सिटीले प्रस्तावित नयाँ लायन्स क्लब लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीका सदस्यहरूका लागि दोश्रो चरणको ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा डिस्ट्रिक्ट ३२५ बी १ नेपालका जीएलटी को अर्डिनेटर सुचित्रा थापा र ओरिएन्टेसन कमिटि चिफ को–अर्डिनेटर ई. रामचन्द्र पोख्रेलले लायनवाद, लिडरसीप र क्लब सञ्चालनको विधिको बारेमा प्रशिक्षण दिएका थिए ।
गत सोमबार लेखनाथ नगरपालिका बेगनासताल स्थित ग्राण्ड होटलको सभाकक्षमा सम्पन्न कार्यक्रममा प्रस्तावित नयां क्लब लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीका प्रस्तावित अध्यक्ष भरत कुमार अधिकारी लगाएत बिभिन्न क्षेत्र पेशा ब्यवसायमा आवद्ध २५ जना सदस्यहरुको उपस्थिती रहेको थियो । प्रस्तावित नयाँ लायन्स क्लबका सदस्यहरूले सो ओरिएन्टेसन कार्यक्रमबाट आफूहरूले लायनवाद सम्बन्धी प्रशिक्षित हुने मौका पाएको र लायनवादको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारी प्राप्त गर्न सकेको अनुभव सुनाएका थिए ।
कार्यक्रम लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा सम्पन्न ओरेन्टेशन कार्यक्रममा रिजन चेयरपर्सन छवीलाल शर्मा क्लबका सस्थापक अध्यक्ष सुदिपराज ढुंगाना पुर्व अध्यक्ष प्रशान्तराज धमला, क्लबका सचिव ई. राजेन्द्र ढकाल, कोषाध्यक्ष हरीराम पराजुली लगायतले लायनबादका बारे आफना अनुभब सुनाएका थिए ।
लायन्स क्लब अफ पोखरा पिस सिटीले यसअघि लायन्स क्लब अफ पोखरा पिस टाउन, पिस भ्याली, मेट्रो सिटी, गार्डेन सिटी, काठमाण्डौ पिस सिटी, लेखनाथ सेवेन लेकसिटी र लियो क्लब अफ पोखरा पिस सिटी क्लब स्पोन्सर गरिसकेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution