पोखरा, ९ बैशाख –
नेपाली काँग्रेस क्षेत्र नम्बर १ को सचिव पदमा युवा नेता सुरजजंग राणा मनोनित भएका छन् । क्षेत्रीय सभापति बृजमान गुरुङले युवा तथा जुझारु नेता राणालाई सो पदमा मनोनित गरेका हुन् । लामो समय तरुण दलको राजनीतिमा बिताएका राणाले सचिव पदको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने वचनवद्धता व्यक्त गरे । उनले नेपाली काँग्रेसको संगठन बिस्तार तथा युवाहरुलाई काँग्रेसमा आवद्ध बनाई रचनात्मक कार्यमा लगाउने आफ्नो पहिलो जिम्मेवारी भएको बताए । जिम्मेवारी दिएकोमा उनले सभापति सहितको टोलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।
क्षेत्रीय समितिको कोषाध्यक्षमा यस अघि नै शान्ति खनाल र सचिवमा प्रेमकुमार श्रेष्ठ निर्वाचित भएका थिए भने उपाध्यक्षको जिम्मेवारी सरदराज सुवेदीले पाएका छन् । उनी लेखनाथ वडा नम्बर ११ का पूर्व वडाध्यक्ष पनि हुन् ।





