गरिमा विकास बैंक र सुभेच्छा विकास बैंक एकआपसमा गाभिने

पोखरा, ०९ बैशाख –

पोखरामा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक र चितवनमा प्रधान कार्यालय रहेको सुभेच्छा विकास बैंक एकआपसमा गाभिने भएका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara

गाभिने सहमतिपत्रमा बुधबार हस्ताक्षर भएको छ । सहमतिपत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट अध्यक्ष दिलिपप्रताप खाँण र सुभेच्छा विकास बैंकको तर्फबाट अध्यक्ष डा आनन्द श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

गरिमा विकास बैंक लिमिटेड ख वर्गको राष्ट्रियस्तरको विकास बैंक हो भने सुभेच्छा विकास बैंक ३ जिल्ला कार्यक्षेत्र रहेको ख वर्गको विकास बैंक हो । हाल गरिमा विकास बैंक लिमिटेडको चुक्ता पूँजी ८५ करोड ३२ लाख रुपैयाँ र सुभेच्छा विकास बैंक लिमिटेडको चुक्ता पूँजी जारी हकप्रद शेयर समेत २२ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

गाभिए पछि बैंकको चुक्ता पूँजी रु. १ अर्ब ८ करोड ५ लाख पुग्ने बताइएको छ । गाभिए पछी बैकको नाम गरिमा विकास बैंक लिमिटेड नै रहनेछ । बैकको अध्यक्षमा गरिमाका दिलिपप्रताप खाँण र प्रमुख कार्यकारी अधिकृतमा गरिमाकै गोबिन्द ढकाल रहेछन । सुभेच्छा विकास बैंकको तर्फबाट एक जना संचालक रहने सहमती भएको जनाइएको छ । गाभिए पछि बैंकको ३१ वटा शाखा कार्यालय हुने र निकट भबिस्यमै गरिमा बिकास बैकले थप ४ शाखा बिस्तार गर्ने गरिमा विकास बैकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button