पोखरा, ९ बैशाख –
पोखरा १२ शितलादेवीस्थित बरालडाडा तमु समाज पोखराको आमा समुहलाई दुईदिने उद्घोषणकला तालिम विहीवार शुरु भएको छ ।
बरालडाडा तमु समाजको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि समाजकी बयोवृद्धा समाजसेवी ८५ वर्षीया डिलकुमारी गुरुङ दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
आमा समुहकी अध्यक्ष गोमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक कास्की आवाज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक हुमबहादुर गुरुङ र समाजका कार्यवाहक अध्यक्ष जुमप्रसाद गुरुङले उद्घोषणकला तालिमको आवाश्यकता, महत्व र समाजको नेतृत्वका लागि आमाहरुको भुमिकाको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको संचालन समाजका सचिव नरजंग गुरुङ र स्वागत मन्तव्य आमा समुहका पुर्व अध्यक्ष टिकादेवी गुरुङले व्यक्त गर्नुभएको थियो । तालिममा सहभागीहरुले मञ्चमा उभिएर पहिलो पटक माइक्रोफोन समाउन पाउदा खुशी व्यक्त गर्दै तालिमको सक्दो उपयोग गर्ने बताएका थिए ।
कास्की आवाज राष्ट्रिय दैनिकका अध्यक्ष, तमु धिं नेपालकी सहकोषाध्यक्ष तथां विदेश विभाग प्रमुख एवं रेडियो अन्नपुर्णकी सिनियर प्रस्तोता सरस्वती गुरुङ र कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक, तमु धिं नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख, फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले सहजीकरण गर्नुभएको तालिममा १९ जनाको सहभागीता रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution