पोखरा, ०९ बैशाख –
इनोभेटिभ ओरियनको आयोजनामा लेखनाथमा शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकको सम्बन्ध विषयमा सञ्जीव घिमिरे, हिंसारहित सञ्चार र पत्रकारितामा राजन उपाध्याय, सकारात्मक सोच र प्रेरणाबारे मणिप्रसाद डुम्रे, कक्षा कोठा व्यवस्थापनबारे प्रकाश नागिला, नेतृत्व विकास र शिक्षण विधिबारे श्रीराम तिमिल्सीनाले सहजिकरण गर्नुभएको थियो ।
नयाँ शैक्षिक शुरुवातमा उनीहरुलाई पुनर्ताजगीको लागि सो अभिमुखिकरण गरिएको इनोभेटिभ ओरियनका अध्यक्ष राजन उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रममा लेखनाथका विभिन्न विद्यालयका २० जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।





