राष्ट्रिय स्वाधिनता बचाउन संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य – थापा

पोखरा, १० बैशाख –

सभासद एवं राप्रपा नेपालका केन्द्रीय सदस्य गणेश थापाले राष्ट्रिय स्वाधिनता बचाउनको लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र आजको अपरिहार्यता भएको बताउनु भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल कास्कीद्वारा आयोजित वृहत युवा भेला तथा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै सभासद् थापाले आफू पूर्णरुपमा सामाजिक मान्छे बनेर समाजको विकासको लागि कटिबद्ध भई अगाडि बढ्ने र जनताका पीर मर्कासँग पौठेजोरी खेल्दै अगाडि बढ्दै संगठन विस्तार गर्ने कुरामा जोड दिनुभयो ।

आफ्नो गृहजिल्ला मकवानपुरबाट सामाजिक क्षेत्रमा हात हाल्नुभएका थापाले बाढीपीडित लगायत मकवानपुर जिल्लामा ५ वटा एम्बुलेन्स तथा निःशुल्क उपचारमा सहयोग गरिरहनुभएको छ । विकास निर्माणमा आफू सँधै कटिबद्ध लागिरहने बताउँदै रक्तदान कार्यक्रम आयोजनाको कार्यको सह्राहना गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

रक्त संचार केन्द्रको प्राविधिक सहयोग तथा राष्ट्रिय युवा मोर्चा एवं मिडिया नेपालको सहयोगमा संचालित रक्तदान कार्यक्रममा ८३ युनिट रगत संकलन भएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।

कार्यक्रम जिल्ला अध्यक्ष तथा पुन समाज नेपालका केन्द्रीय सदस्य जयलाल पुन, अञ्चल संयोजक तथा केन्द्रीय सदस्य रमेश बहादुर भट्टराई, केन्द्रीय सदस्य मदन बहादुर कार्की, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल, केन्द्रीय सदस्य हिक्मतजंग कार्की, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोला लगायतले राष्ट्र बचाउने सवालमा युवाहरुको ठूलो हात हुने बताउँदै सबै युवाहरु एक भई अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीका अध्यक्ष सन्तोष रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कुशल केसीले गर्नुभएको थियो ।

कार्यक्रमस्थलसम्म प्रमुख अतिथि थापलाई ल्याउँदा होटल सांग्रिलाबाट नयाँबजारसम्म मोटरसाइकल ¥याली समेत आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button