पोखरा, १० बैशाख –
गत वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पको कालो दिनको रुपमा स्मरण गर्दै देशका विभिन्न ठाँउमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । पोखरा पर्यटन पुर्नर जागरण समिति (पिटिआरसी) ले यही वैशाख १२ गते भूकम्पमा परी घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना सहित मृत आत्मको चिर शान्तिको कामनाका गर्दै विश्वशान्ति स्तुपामा शान्ति पूजा गर्ने भएको हो ।
भूकम्प गएको दिनलाई कालो रात्रिको रुपमा स्मरण गर्दै भोलिका दिनमा यस्ता प्राकृतिक विपद नआओस भन्दै, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित मृतकहरुको चिर शान्तिको कामनाका साथ धार्मिक सहिष्णुता कायम गर्ने उद्धेश्यले शान्ति पूजागर्न लागिएको पिटिआरसिका संयोजक गणेश बहादुर भट्टराईले सुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका हुन । धार्मिक, सांस्कृतिक सदभावको खाँचो भएकोले प्रकृतिको संरक्षणको लागि पनि विभिन्न जातजातिहरुको सामुहिक रुपमा शान्ति पूजा गर्न लागिएको संयोजक भट्टराईले जानकारी गराए ।
हिन्दु धर्म अनुसार ब्राह्रमणबाट होमन हुने भएको छ भने बौद्धमार्गी, मुस्लीम, कृस्चीयन, ओम शान्ति लगायतका जातजातिहरुको सामुहिक रुपमा पूजा हुने भएको छ । आइतबार विहान ११ः ४५ बजे देखि ११ः५६ बजेसम्म सामुहिक रुपमा पूजाएवं होमन हुने भएको भट्टराईले बताए । उनले भने “ भूकम्प र भारतीय नाकावन्दीले ०७२ सालको पर्यटन क्षेत्रमा ठुलो धक्का लाग्यो अब सरकारले ०७३ सालमा पर्यटन प्रवद्र्धन हुने गरी ठोस कार्यक्रम लयाउनु पर्दछ, अन्यथा हामीले अर्को सिजनमा धेरै पर्यटकहरु भित्राउन सक्दैनौं ।” नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका प्रमुखउदय भट्टराइले नेपाल पर्यटन वोर्डले यस बर्ष घुमफिर बर्षको रुपमा मनाउन लागेकोले आन्तरीक पर्यटकहरु एक ठाँउबाट अर्को ठाँउमा जाने वातावरण सृजनागर्न सके पर्यटन प्रवद्र्धनमा टेवापुग्ने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषदका महासचिव रामु गौतम, पिटिआरसिका मिडिया संयोजक टिकाराम सापकोटा लगायतले शान्ति पूजामा सहभागि हुन आग्रह गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution