मालिका मन्दिरको सिलान्यास

पोखरा, १० बैशाख –

पोखराको सिम्पानीमा मालिका मन्दिरको सिलान्यास गरिएको छ । वैदिक तान्त्रिकहरुको शक्ती पीठको रुपमा मानिएको मालिका कालिका देवीको मन्दिर १२ लाखको लागतमा निर्माण गर्न लागिएको नेपाल मालिका परोपकार संघ कास्कीका अध्यक्ष तथा मालिका मन्दिर निर्माण समितिका सचिव जवान श्रीश्र ले बताए ।

मन्दिर शिलान्यासका क्रममा बोल्दै हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष वेदनिधि शर्माले हिन्दुत्व जोगाउन मुस्किल परेको अवस्थामा सवै मिलेर अगि बढ्नु पर्ने बताए । यस्तै विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले तन्त्र साधनाको लागि महत्वपूर्ण शक्ति देवी मालिका मन्दिर निर्माण अभियानमा सबै पक्षको सहयोग जुटाउनु पर्ने बताए ।

सिमपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुद्र प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित सिलान्यास कार्यक्रममा स्वत स्फूर्त सहयोग घोषणा भएको छ । तिन महिना भित्र निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको निर्माण समितिका अध्यक्ष अम्मर बहादुर पुनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button