महेन्द्रगुफा र चमेरो गुफामा सरसफाई

पोखरा, ११ बैशाख –

लोकतन्त्र दिवसको अवसर पारेर पोखराको पर्यटकिय क्षेत्र महेन्द्रगुफा र चमेरो गुफामा सरसफाई गरिएको छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढदै गएको र उनिहरुलाई थप आकर्षित गर्न गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकाश संस्था र टोल विकाश वडा समन्वय समितिको आयोजनामा सरसफाई गरिएको हो । महेन्द्रगुफा परिसरबाट शुरुभएको कार्यक्रम मैदान, अमला विसौनी हुँदै चमेरी गुफामा सरसफाई गरी सम्पन्न भएको टोल विकाश समन्वय समतिका अध्यक्ष पुष्पराज तिमिल्सीनाले जानकारी दिनुभयो ।

टोलीले सडकका दाँयाबायाँ तथा गुफा क्षेत्रमा संकलन गरेको फोहोर पोखरा उपमहानगरपालिकाको गाडीले व्यवस्थापन गरेको थियो । त्यस अवसरमा सहभागीहरुले त्यस क्षेत्रलाई गुफाहरुको शहर, माथिल्लो पोखराको रुपमा चिनाउनुपर्ने बताएका छन् ।

गुफा क्षेत्रको पर्यटन पर्वद्धन गर्न बाटुलेचौर, महेन्द्रगुफा–चमेरेगुफा महोत्सवको लक्ष्य राखिएको संस्थाका अध्यक्ष केशव बस्नेतले बताउनुभयो ।

महेन्द्रगुफाबाट संकलित रकम स्थानिय विन्ध्यवासिनी उच्च माविले प्रयोग गर्दै आइरहेको छ । गुफाबाट वार्षिक लाखौं रुपैया संकलन भएपनि गुफा क्षेत्रको विकाश हुन नसकेको स्थानियले गुनासो समेत गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button