सेतीगंगा टोलमा ढलान बाटो उद्घाटन

पोखरा, १२ बैशाख –

सेतीगंगा टोल बिकास संस्था र सौभाग्य महिला समुहको आयोजनामा पोखरा उपमहानगरपालिका पोखरा ९ स्थित सेतीगंगा टोलमा निर्माण गरिएको ढलान बाटोको उद्घाटन शनिबार गरेको छ ।

प्रमुख अतिथि पोखरा झलकराम अधिकारीले नगरपालिकाले जनसहभागिता जहाँ धेरै हुन्छ, जहाँका जनता उत्साहित भइ बिकासका कार्यमा लागी पर्दछ्न त्यही प्राथमिकता दिदै आएको बताए । साथै उनले जनता नै सर्बोच्च निकाए भएकोले उनिहरुको आवाजलाई नगरपालिकाले सम्बोधन गर्दै आएको बताए । उनले पोखरालाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गर्न अदालतमा केहि समय विचाराधिन अबस्थामा रहेकोले ढिला भएको बताउँदै नगरपालिकाले छिट्टै भब्य कार्यक्रमको आयोजना गरि प्लास्टिक मुक्त पोखरा घोषणा गर्ने बताए ।

बिशेष अतिथि नगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले अलकत्राको पिच भन्दा ढलान बाटो टिकाउ तथा मर्मत कार्यको लागि निकै सजिलो हुने भएकोले भित्री बाटोहरुलाइ नगरपालिकाल ढलान बाटोलाई प्राथमिकता दिएको बताए । समाजसेवी जगतकृष्ण कर्माचार्य, सहयोगी दाताको तर्फबाट शम्भुलाल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बाटो निर्माण समितिकि कोषाध्यक्ष बिजया लामिछानेले बाटो निर्माण गर्दा भएको आयब्यय प्रस्तुत गरेकी थिईन ।

सो अवसरमा सहयोग दाताहरूलाई प्रमुख अतिथि अधिकारीले जगतकृष्ण कर्माचार्य लगाएतलाई सम्मानपत्र, दोसल्ला द्वारा सम्मान गरेका थिए । त्यसै गरि प्लास्टिक झोलाको बैकल्पिक झोला बनाउन तथा सेती नदि बचाउ अभियानमा सहयोग गर्ने सबैलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियोे ।

वडा सचिव लोकदर्शन कोइरालाले ढल र खानेपानीको कार्य गर्नुपर्ने अबस्था हुँदाहुँदै पनि समितिले जनसहभागिता मार्फत प्रयाप्त रकम संकलन गरेको र खर्चमा मितब्ययिता अपनाएकोले दाताहरु खुशी भएको बताए । वडा स्तरीय टोल बिकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी बिकास निर्माणका कार्यहरूमा कसैले बिरोध गर्नु नहुने बताए ।

सौभाग्य महिला समुहकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सेती गंगा टोल बिकास संस्थाकि अध्यक्ष भावना श्रेष्ठले संचालन गरेकी थिईन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button