लायन्स न्यूरोड चौतारीद्वारा क्यालेण्डर विमोचन

पोखरा, १३ बैशाख –

सामाजिक कार्यको लागि पोखरा क्षेत्रमा कृयाशिल लायन्स क्लव अफ न्यूरोड चौतरीले सोमबार एक कार्यक्रमका बिच वि.सं २०७३ को क्यालेण्डर विमोचन गरेको छ । क्लवले आफ्नो स्थापना काल देखि हरेक वर्ष क्यालेण्डर प्रकाशन गर्दै आइरहेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

विमोचन कार्यक्रममा वोल्दै लायन्सका पूर्व मल्टीपल काउन्सिल चेयर पर्सन दिपक श्रेष्ठले लायन्स न्यूरोड चौतारीले समाजमा उत्कृष्ट कार्य गरेकोमा प्रशंसा गर्नुभयो । सो अवसरमा लायन्सका डिष्ट्रिक्ट एडभाइजर दिनबन्धु पौडेल, रिजन चिएर पर्सन देवु कुमारी हिराचन, जोन चेयर पर्सन द्वय कृष्ण बहादुर अधिकारी, चुडामणी बराल, क्लवका पूर्व अध्यक्ष नरहरी पौडेल, क्लवका इलेक्ट प्रेसिडेन्ट पवित्र मणी पोखरेल, सचिव क्षेत्र वहादुर वराल क्षेत्री लगाएतले क्लवका विविध गतिविधीका बारेमा वोलेका थिए ।

कार्यक्रम क्लवका अध्यक्ष दिपेन घिमिरेको अध्यक्षतामा भएको थियो । क्लवले शिक्षा, स्वास्थ, जनचेतना अभिवृद्धी, खानेपानी लगाएतका सामाजिक कृयाकलापहरु संचालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button