निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

पोखरा, १३ बैशाख –

कास्कीको पुम्दिभुम्दीस्थित लुकुमश्वारामा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यालय कास्की र शुक्र राज उच्च माध्यमिक विद्यालय पुम्दिभुम्दीको संयुक्त आयोजनामा शिविर भएको हो । शिविरबाट २ सय ५६ जना सेवा ग्राही लाभान्वित भएका छन् । सोही अवसरमा ४० हजार रुपैयाँ बराबरको औषधी निःशुल्क वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

agriculture 2

शिविरमा जुका माटेको औषधी गोवर परीक्षण १ सय ५५ वटा, गर्भ परीक्षण ६ वटा, पशुहरुको चेक जाँच ५५ वटाको गरिएको थियो । २ सय ७६ वटा पशुहरुलाई लक्षणको आधारमा औषधी वितरण गरिएको छ भने ४ सय ९२ वटा पशुहरुलाई उपचार औषधी वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

agriculture 3

शिविरमा कार्यालय प्रमुख डा. राकेश प्रजापती, पशु विकास अधिकृत महेश्वर ढकाल, पशु स्वास्थ्य प्राविधिक फणिन्द्र राज ढकाल, सुरेश कुमार श्रेष्ठ, ढाकाराम पौडेल र उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष रामजी बराल लगायतले बोलेका थिए । ‘शिविरले त्यस क्षेत्रका पशु पालक किसानहरु प्रत्यक्ष लाभान्वित भएका छन्,’ कार्यालय प्रमुख प्रजापतीले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button