पोखरामा राष्ट्रिपति रनिङ शिल्ड सुरु

पोखरा, १५ बैशाख –

कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा बुधबार देखि पोखरा रंगशालामा जिल्ला स्तरीय अन्तर बिद्यालय छात्र-छात्रा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

बुधबार भएको ३ हजार मिटर दौडमा गोगन उच्च मावि र गौरी शंकर उच्च माविले स्वर्ण पदक जितेका छन । छात्र तर्फको उक्त दौडमा स्माईल भण्डारीले निर्धारित दुरी १० मिनेट ५० सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन । वेथानी बोर्डिङका विनोद गुरुङले ११ मिनेट २ सेकेण्डमा दुरी पार गरी रजत पदक जित्दा शिव शक्ति उच्च माविका अरुण थापाले ११ मिनेट ८ सेकेण्डमा उक्त दुरी पार गरी कास्य पदक जितेका हुन ।

छात्रा तर्फ भएको ३ हजार मिटर दौडमा गौरी शंकर उच्चमाविकी मिना नेपालीले स्वर्ण पदक जितीन । उनले निर्धारित दुरी १४ मिनेट ३३ सकेण्डमा पार गरी स्वर्ण पदक जित्न सफल भएकी हुन्। कास्की मोडनाईज्डकी कृती गिरीले १५ मिनेट २४ सेकेण्डमा दुरी पार गरी रजत पदक जितिन् । लक्ष्मी आवासिय उच्च माविकी सन्जु तिमिल्सिनाले १५ मिनेट २५ सकेण्डमा उक्त दुरी पार गरी कास्य पदक जित्न सफल भईन ।

उक्त प्रतियोगिताको औपचारीक उद्घाटन पुर्व प्रधानमन्त्री झलनाथ खनालले मोवाईलबाटै गरेका हुन् । प्रतिकुल मौसमका काराणले गर्दा हवार्इृ उडान नभए पनि उनले मोवाईलबाटै शुभकामना सहित प्रतियोगिताको उद्घाटन भएको उद्घोष गरेका हुन । विभिन्न बिद्यालयका खेलाडीहरुलाई क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सलामी दिएका थिए ।

उक्त प्रतियोगिता अन्र्तगत छात्र छात्राको भलिवल तथा एथ्लेटिक्स तर्फका खेलहरु रहेको समितिका कार्यालय प्रमुख प्रकास बरालले बताए ।प्रतियोगितामा ६८ वटा बिद्यालयका करीब ४ हजार खेलाडीहरु प्रतिष्प्रर्धामा उत्रिने भएको उनले जनाए । समितिका अध्यक्ष यामबहादुर गुरुङकोे अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । रंगशालामा भलिवल प्रशिक्षण सेन्टर निमार्ण हुन लागेको कारणले गर्दा भलिवल खेल पोखरा रंगशालाको फुटवल मैदानमा हुदैछ । यसै बीच बुधबार भएको मार्च पासमा सैनिक आवासिय उच्च मावि प्रथम, फिस्टेल उच्चमावि दोश्रो र हिलप्वाईन्ट तेश्रो भएका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button