राष्ट्रिय महिला भलिवल खेलाडी शाही हङकङ प्रस्थान

पोखरा, १६ बैशाख – 

राष्ट्रिय महिला भलिवल खेलाडी अरुणा शाही हङकङ प्रस्थान गरेकी छिन । स्याङजा जनसेवा समिती हङकङको आयोजनामा हङकङमा आयोजना हुन लागेको ९ औ स्याङजा कप २०१६ मा सहभागी हुन शाही बिहीबार हङकङ प्रस्थान गरेकी हुन ।

शाहीलाई नेपाल भलिवल संघका महासचिव जितेन्द्र वहादुर चन्द, नेपाल भलिवल संघका राष्ट्रिय प्रशिक्षक जगदिश भट्ट र पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापाले त्रिभुवन बिमानस्थलमा बिदाइ गरेका थिए ।

उक्त अवसरमा वोल्दै पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापाले पश्चिमाञ्चल बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडी अरुणा शाहीले आगामी मे १ तारिकको दिन आयोजना हुने महिला भलिवल प्रतियोगितामा प्रतिनिधीत्व गर्ने वताए । यसरी खेलाडीहरुले विदेशी टिम संग सहकार्य गरेर नेपालको महिला भलिवलको बारेमा जानकार दिन सक्ने भएकाले अन्य खेलाडीहरुलाई पनि यस्तो अवसर प्रदान गर्नुपर्ने थापाको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै खेलाडी शाहीले हङकङमा हुने खेलमा नेपालको महिला भलिवलको प्रतिनिधीत्व गर्न पाउदा खुसी लागेको वताउदै प्रतियोगितामा आफुले अहिले सम्मको उपलब्धिलाई उजागर गर्ने गरी खेल प्रस्तुत गर्ने वताइन ।

शाही एक साता हङकङमा रहने छिन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button